एक थोपो रगत हुँदासम्म केपी ओलीसँग लड्छु : दुर्गा प्रसाईँ
  • काँचुली खबर

६ असोज, काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले एक थोपो रगत रहेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीसँग लड्ने बताएका छन् ।

प्रहरीले प्रसाईँलाई उनको निजी निवास भक्तपुरबाट पक्राउ गर्दै गर्दा उनले प्रधानमन्त्री ओलीसँग एक थोपो रगत भएसम्म लड्ने बताएका हुन् ।

पक्राउ गर्न पुगेका प्रहरीलाई प्रसाईँले भने, ‘पक्रेजस्तो नगर्नुस् न । भ्रष्टाचारीलाई जस्तो नगर्नुस् न ! एक थोपो रगत हुँदासम्म केपी ओलीसँग लड्छु क्या !’

प्रसाईँलाई आइतबारै प्रहरीले म्याद थप गर्ने तयारी गरेको छ ।

  • ६ आश्विन २०८१, आईतवार १७:३१ प्रकाशित
  • Nabintech