विश्वकप लिग-२ः जित्नैपर्ने दबाबमा नेपाल
  • काँचुली खबर

६ असोज, काठमाण्डौं । नेपालले आईसीसी विश्वकप लिग-२ अन्तर्गत आज (आइतवार) नेपालले क्यानडाको सामना गर्दैछ । खेल ओन्टारियोस्थित किंग सिटी स्टेडियममा नेपाली समयअनुसार राति ८ः४५ बजे शुरू हुनेछ ।

यसअघि दुवै खेल हारेको नेपाल यतिबेला दबाबमा छ । पहिलो खेलमा नेपाल क्यानडासँग १०३ रनले पराजित भएको थियो भने भने दोस्रो खेलमा ओमानसँग १ विकेटले हार ब्यहोरेको थियो ।

लिग-२ को अंक तालिकामा नेपाल ६ खेलमा २ अंकका साथ तालिकामा पुछारबाट दोस्रो स्थानमा छ ।

लगातारको हारपछि नेपाल आज जीतकै लागि क्यानडासँग भिड्दै छ ।

नेपाल र क्यानडाले अहिलेसम्म ४ वटा एकदिवसीय (ओडीआई) खेल खेलेका छन् । जसमा नेपालले ३ जीत हासिल गरेको छ भने एक खेल क्यानडाले जितेको छ ।

त्यस्तै लिग-२ मा क्यानडाले भने अहिलेसम्म १० खेलमा ६ जीत हासिल गरेको छ भने १२ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

नेपालले ओमानसँगको अन्तिम खेल भने मंगलवार खेल्नेछ ।

नेपालले ओडीआई श्रृंखलापछि क्यानडा र ओमानसँग टी-२० मा समेत प्रतिस्पर्धा गर्दैछ ।

  • ६ आश्विन २०८१, आईतवार १४:२५ प्रकाशित
  • Nabintech