टिबीबाट राउटे समुदायका एक युवकको मृत्यु
  • काँचुली खबर

३ असोज, सुर्खेत । लोपोन्मुख राउटे समुदायका एक युवाको प्रदेश अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा २२ वर्षीय वृषबहादुर शाही रहेको गुँरास गाउँपालिका वडानम्बर-१ का वडाध्यक्ष धर्मबहादुर रावलले जानकारी दिए ।

उनका अनुसार ६ महिना अघिदेखि बिरामी रहेका शाहीलाई भदौ ३१ गते उपचारको लागि प्रदेश अस्पताल सुर्खेत पुर्‍याइएको थियो । जाँच गर्दा उनलाई डाक्टरले टिबी भएको बताएका थिए । उपचार हुननसक्ने भएपछि अस्पतालले डिस्चार्ज गरेको थियो ।

डिस्चार्जपछि हाल बसोबास भएको ठाउँ दैलेखको गुराँस गाउँपालिका-१ सिमेसाल फर्किंदै गर्दा सुर्खेतको कल्यानकाँधमा बुधबार राति ९ बजेतिर मृत्यु भएको वडाध्यक्ष रावलले बताए ।

वृषबहादुरको मृत्यु भएसँगै अब राउटेको जनसङ्ख्या घटेर १३४ मा झरेको छ । २०७५ असारदेखि यता यो समुदायमा ४३ जनाको मृत्यु भएको राउटे परियोजनाका जोडी शिक्षक लालबहादुर खत्रीले जानकारी दिए ।

  • ३ आश्विन २०८१, बिहीबार १४:१७ प्रकाशित
  • Nabintech