दुर्गा प्रसाईँलाई पक्राउ गर्न अदालतले दियो अनुमति
  • काँचुली खबर

२ असोज, काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई विद्युतीय कारोबार ऐनको व्यवस्था उल्लंघन गरेको आरोपमा पक्राउ गर्न काठमाडौँ जिल्ला अदालतले बुधबार अनुमति दिएको छ ।

उनीसँग जीवन पाण्डे र दुर्गा खनाललाई पनि पक्राउ गर्न जिल्ला अदालतबाट प्रहरीलाई अनुमति प्राप्त भएको हो ।

काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार रामु शर्माका अनुसार उनीमाथि विद्युतीय कारोबार ऐनको व्यवस्था उलंघन गरेको आरोप छ ।

उनलाई पक्राउ गर्न प्रहरीको साइबर ब्यूरोले अनुमति माग गरेको थियो ।

उनीहरूलाई विद्युतीय कारोबार ऐन अनुसार कारबाही गर्न प्रहरीले पक्राउ गर्न अनुमति माग गरेको हो ।

न्यायाधीश महेन्द्र काफ्लेको इजलासले प्रहरीलाई पक्राउको अनुमति दिएको हो ।

  • २ आश्विन २०८१, बुधबार १७:१० प्रकाशित
  • Nabintech