दशैं तिहारकालागी बाँकेमा खसीबाेकाकाे मुल्य निर्धारण
  • काँचुली खबर

२ असाेज, काेहलपुर । नजिकिंदै गरेका चाडपर्वहरुलाई लक्षित गर्दै बाँकेमा खसि बोकाहरुको मुल्य निर्धारण गरिएको छ । मंगलवार नेपालगञ्जमा एक कार्यक्रमको आयोजना गर्दै बाँकेमा रहेका १७ सामाजिक उद्यमी सहकारी र ब्यापारीबिचको छलफलले खसि बोकाको मुल्य निर्धारण गरेको सामाजिक उद्यमी सहकारीहरुको साझा संस्था सेवा नेपालको अधिकृत गोपि पुडासैनिले जानकारी दिए ।

उनका अनुसार जिउदो खसि ३० किलाे देखि ३९.९ किलाेसम्म प्रति किलाे रू. ५३०, ४० किलाे देखि ४९.५ किलाेसम्म प्रति किलाे रू. ५४० र ५० किलाे भन्दा माथि रू. ५६० रुपैयाँ प्रति किलाे मुल्य निर्धारण गरिएको छ । थोक ब्यापारी र उद्यमी सहकारी तथा सरोकारवालाहरुको रोहबरमा उक्त मुल्य निर्धारण गरिएको हो ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

सहकारी र खसि ब्यापारीहरु विच भएको ‘जि टु जि’ बैठकमा हेफर ईन्टरनेशनल नेपालका नेपालगञ्ज कार्यालयका प्रबन्धक प्रकाश केसिले सहकारी र ब्यापारीहरुको बराबर जित हुने तरिकाले किसानहरुका उत्पादनलाई बजारिकरण गर्न यो मुल्य निर्धारण बैठक महत्वपुर्ण रहेको औंल्याउदै हेफर नेपालले उद्यमी सहकारीहरुको मुल्य मान्यता र सिद्धान्त अनुरुप आफ्नो संस्थाले बजारीकरण तथा ढुवानिका निम्ति सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन ।

उत्पादनमा आधारित खाद्यवस्तु, पशु चौपाया विक्रि वितरण र बजारिकरणमा विभिन्न चुनौती रहेको भएपनि आफ्नो संस्थाले निति निर्माण तहमा पैरवी गरिरहेको औंल्याउदै सामाजिक उद्यमी सहकारीहरुले परम्परागत ऋण तथा बचतको कार्यक्रमका अलावा आफ्ना शेयर सदस्यहरुलाई नगदेबाली तथा पशु चौपायामा लगानी गर्नुपर्नेमा जोड दिए ।

कृषि उद्यममा महिलाको हात उत्पादन र वजारिकरणमा सेवाको साथ भन्ने मुल मन्त्रकासाथ बाँकेमा विभिन्न गैर सरकारी संस्थाको साझेदारीमा हेफर ईन्टरनेशनल नेपालले १७ सामाजिक उद्यमी सहकारीहरुलाई प्रर्बद्धन गर्दै पशुपालन, कृषि कर्म तथा मल विउ विजन र दुग्ध जन्य पदार्थ खरिद विक्रि र बजारिकरण गर्न प्रोत्साहन गर्दै आएको छ ।

मंगलवार भएको कार्यक्रममा नेपालगञ्ज क्षेत्रमा रहेका खसि ब्यापारी बिभिन्न १७ सहकारीका अध्यक्ष तथा प्रबन्धक, सेवा नेपालका अधिकृत, हेफर ईन्टरनेशनलका प्रबन्धक लगाएत प्रत्यक्ष किसान र बजारसँग नजिक रहेका ब्यक्तिहरुले बोकाको समेत मुल्य निर्धारण गरेका छन । उनीहरुले बोका प्रति किलाे ५१० रुपैयाँ मुल्य कायम गरेको सेवा नेपालका अधिकृत गोपि पुडासैनिले जानकारी दिए ।

  • २ आश्विन २०८१, बुधबार ०९:१२ प्रकाशित
  • Nabintech