सिके राउतको श्रीमतीले विष पिएपछि डिभोर्स मुद्दा
  • काँचुली खबर

२७ भदौ, काठमाण्डौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले श्रीमतीसँग सम्बन्ध विच्छेदका लागि अदालतमा मुद्धा दायर गरेका छन् ।

श्रीमती सोनी सिन्धु रानीसँग सम्बन्ध विच्छेदको लागि उनले ललितपुर जिल्ला अदालतमा मुद्दा हालेका हुन् । सोनी भारतीय नागरिक हुन् । श्रीमती माइत गएर बस्न खोज्ने, विभिन्न वाहनामा झगडा गरिरहने गरेकाले सम्बन्ध बिच्छेद गर्नु परेको राउतले फिराद पत्रमा उल्लेख गरेका छन् ।

सोनीले ०७० सालमै डिभोर्स मागेको पनि फिरादपत्रमा खुलाइएको ललितपुर जिल्ला अदालतका सूचना अधिकारी रामसजिवन महतोले जानकारी दिए । उनका अनुसार श्रीमतीले बारम्बार डिभोर्स दिन दबाब दिएपछि अध्यक्ष राउतले मुद्धा दर्ता गराएका हुन् ।

‘पहिला पनि उहाँको श्रीमतिले डिभोर्स माग्दै पाइजेन (विष) खानुभएको रहेछ’, उनले भने, ‘घरमा बस्न नमान्ने, बाहिर मात्रै बस्ने, माइत गइरहने, बालबच्चा नहेर्ने लगायतको कारणहरु निवेदनमा खुलाइएको छ ।’

राउत र सोनीबाट एक छोरो र दुई छोरी छन् ।

  • २७ भाद्र २०८१, बिहीबार १८:०१ प्रकाशित
  • Nabintech