वागमतीकाे कार काेहलपुरमा दुर्घटना, एक जना घाईते
  • काँचुली खबर

२७ भदाै, काेहलपुर । बाँकेकाे काेहलपुरमा एउटा कार दुर्घटनामा परेकाे छ । कोहलपुर नगरपालिका ११ स्थित इलाका प्रहरी कार्यालय नजिकैकाे हाईमष्ट लाईटकाे वेसमा घिसारिएकाे कार अनियन्त्रित भएर सडक डिभाईडरमा ठाेक्किएकाे हाे ।

बिबिहार विहान करिब ३:२० बजे बागमति प्रदेश ६५०६ नम्बरको कार दुर्घटनामा परेकाे इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएकाे छ ।

इप्रका कोहलपुरका प्रमुख डिएसपी धर्मराज भण्डारीका अनुसार लम्जुङ जिल्ला बेशीसहर २ का सागर खड्काले उक्त कार चलाएका थिए । दुर्घटनामा घाईते भएका खड्काकाे नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको भण्डारीले जानकारी दिए ।

कार तिव्र गतिमा भएकोले दुर्घटना भएको प्रहरीले अनुमान गरेकाे छ ।

  • २७ भाद्र २०८१, बिहीबार १०:११ प्रकाशित
  • Nabintech