विद्यालयभित्र धार्मिक प्रचार नगर्न जीवन ज्योतीलाई अखिल क्रान्तिकारीको चेतावनी
  • काँचुली खबर

२६ भदौ, कोहलपुर । नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनीयन (क्रान्तिकारी) बाँकेले कोहलपुरको जीवन ज्योती स्कुललाई १५ दिने अल्टिमेटम दिएको छ । विद्यालयभित्र हुँदै आएका गलत ब्यवहार र आचरण सुधार गर्न भन्दै क्रान्तिकारीले १५ दिने अल्टिमेटम दिएको हो ।

मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै अखिल क्रान्तिकारीले जीवन ज्योती स्कुलले राज्यको निती नियम र कानुनलाई गम्भिर उल्लंघन गरी अवैध क्रियाकलापमा संलग्न भएको यथेष्ठ प्रमाणहरु भेटीएकाले तत्काल त्यस्ता गतिविधि रोक्न चेतावनी समेत दिएको छ ।

संगठनद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘विद्यालय भित्र धर्मको प्रचार प्रसार, छात्रवृत्ती वितरणमा गम्भिर अपारदर्शीता, विद्यालय हाताभित्र चर्चको निर्माण आदि कुराले विद्यार्थीहरुमा ज्ञानआर्जन गर्ने भन्दा धर्मको प्रचार गर्न खोलीएको स्कुल हो भन्ने पुष्टि भए‌को छ ।’

अखिल क्रान्तिकारीले विद्यालयले धार्मीक प्रचार प्रसारका सम्पूर्ण तस्विर एवं अन्य रंगरोगन हटाइ संथागत विद्यालय मापदण्ड निर्देशिकालाई कार्यान्वयन गर्न अपिल गरेको छ । १५ दिनभित्र आफुहरुका माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने क्रान्तिकारीका जिल्ला अध्यक्ष सुनिल बटालाले जानकारी दिएका छ्न ।

अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष सुनिल वटाला र सचिव लक्ष्मण मानवद्धारा हस्ताक्षरित विज्ञप्तिमा गैर मानविय, असामाजिक एवं गैर न्यायीक क्रियाकलापको घोर विरोध एवं भत्र्सना गर्दै समाजलाई खण्डित र खलल पुर्याउने यस्ता धार्मिक गतिविधिहरु, फोटा पोष्टर र प्रिन्टहरु तुरुन्त हटाउन समेत चेतावनी दिईएको छ । विज्ञप्तिमा स्थानिय निकाय र नियमक निकायले समेत अनुगमन गरी संस्थागत विद्यालयहरुको मापदण्डभित्र रहेर क्रियाकलाप गर्नेगरी निर्देशन दिन अपिल गरीएको छ ।

अखिल क्रान्तिकारीले आफुहरुले दिएको अल्टिमेटमलाई वेवास्ता गर्दै अटेर गरेको खण्डमा आफै अग्रसर भई यस्ता क्रियाकलाप बन्द गर्ने र सो बेला उत्पन्न हुने परिस्थितीको जिम्मेवार सम्वन्धित निकाय नै हुनुपर्ने उल्लेख समेत गरेको छ ।

कोहलपुर नगरपालिका वडा नम्बर १० रामनगरमा रहेको जीवन ज्योति स्कुल विभिन्न समयमा विवादित हुने गरेको छ । शिक्षाको नाममा मन्द तरिकाले धर्मको प्रचार गरीरहेको आरोप लाग्ने गरेको उक्त विद्यालयका गतिविधिहरुबारे बेलाबखत सचेत नागरिकहरुले आवाज समेत उठाउने गरेका छन ।

यद्यपी जिल्लाका अधिकाशं पहुँचवाला ब्यक्तीहरुका छोराछोरी यसै विद्यालयमा अध्ययन गर्ने भएकाले विद्यालयमा हुने गलत क्रियाकलापका बारेमा स्थानिय सरकार देखि राजनैतिक दल समेत चुप लागेर बसेको स्थानियको बुझाई छ ।

घोषित रुपमा गरिबहरुलाई अध्यापन गराउने मुख्य लक्ष्य बोकेर खोलिएको जीवन ज्योतीले कोहलपुर र यस आसपास क्षेत्रका सरकारी, गैरसरकारी, जनप्रतिनिधि देखि धनाढ्य ब्यक्तिका सन्ततीलाई विद्यालयमा अध्यापन गराएर आफ्नै सिद्धान्तका विरुद्ध उभिएको छ ।

विद्यालय हाताभित्र प्रिन्सिपलको कार्यकक्ष तथा प्रवेश गर्ने स्थानमा जिसिस क्राईष्टको फोटो, ठाउँ-ठाउँमा जिससका अनुयायीहरुको फोटोका अलावा विद्यालयसँगै जोडेर गिर्जाघर र भजन मण्डली निर्माण गरेको जिवन ज्योतीले बालवालिका आसार्ने बसमा समेत ईसाई धर्मको साँकेतिक चिन्ह राखेर वालवालिका बोक्ने गरेको छ । यसले कलिला वालवालिकामा धार्मिक विष भर्ने काम गरेको भन्दै विद्यालयकै अभिभावकहरुले समेत बिरोध गर्दै आएका छन ।

  • २६ भाद्र २०८१, बुधबार १२:५७ प्रकाशित
  • Nabintech