लुम्बिनीका बनमन्त्री कुर्मीलाई बाँके प्रवेश निषेध
  • काँचुली खबर

२५ भदाै, नेपालगन्ज । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री बादसाह कुर्मीलाई बाँके जिल्ला प्रवेश निषेध गर्ने भएकाे छ ।

सोमबार नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै उक्त पार्टीका लुम्बिनी प्रदेश इन्चार्ज तिलकले मन्त्री कुर्मिलाई गृहजिल्ला प्रवेशमा राेक लगाउने बताएका हुन् ।

पार्टीले निर्मला कुर्मीको बेपत्ता तथा हत्याका आरोपित वन तथा वातावरण मन्त्री साहलाई तत्काल मन्त्री पदबाट बर्खास्त गर्न लुम्बिनी प्रदेश मुख्यमन्त्रीलाई भदौ २५ देखि असोज १ गतेसम्म १ लाख जनताको हस्ताक्षर गरेर ज्ञापनपत्र बुझाउने भएको छ । मन्त्री कुर्मीका सबै खाले सामाजिक कार्यक्रमहरु समेत बहिष्कार गर्ने बताईएकाे छ ।

त्यसैगरी डिबी भनिने सांसद धन बहादुर केसीलाई पुर्व रुकुममा प्रवेश रोक लगाउने नेकपा (बहुमत) द्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । त्यस्तै केसीलाई उन्मुक्ति दिने न्यायाधीश लोकबहादुर हमालको घरमा कालो ब्यानर टासिने बताइएको छ । भाद्र ३१ गते न्यायाधीश हमालको पुत्ला दहन गर्ने कार्यक्रम रहेको विज्ञप्तिमा उल्लेख छ ।

  • २५ भाद्र २०८१, मंगलवार ०७:४३ प्रकाशित
  • Nabintech