२२ भदाै, काेहलपुर । बाँकेको कोहलपुरमा मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ, भने सोही दुर्घटनामा एक जना घाइते भएका छन् ।
शनिबार बिहान करिब ३:३० बजेको समयमा कोहलपुर नगरपालिका वडा नम्बर-१० कौशिल्या अस्पताल नजिकै मोटरसाइकल दुर्घटना भएको थियो ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
उक्त दुर्घटनामा परी मोटरसाइकल चालक कोहलपुर नगरपालिका वडा नम्बर १० डाइनामिक स्कुल नजिकै बस्ने वर्ष अन्दाजी ३९ वर्षिय भुपेन्द्र सुनारकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । दुर्घटनामा गम्भीर घाईते भएका सुनारकाे नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको चिकित्सकले घोषणा गरेको प्रहरीले जानकारी दियाे ।
मोटरसाइकलमा सवार अर्का एक जना गम्भीर घाईते भएका छन । सुर्खेत लेकबेसी नगरपालिका वडा नम्बर ३ राताटार घर भई हाल सशस्त्र प्रहरी ४२ नम्बर गण शमशेरगञ्ज बाँकेमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक लालबहादुर सुनार गम्भीर घाइते भएकोमा उपचारको लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पुर्याएको प्रहरीले जानकारी दिएको छ ।
लालबहादुरको अवस्था आहिले सामान्य रहेको प्रहरीले बताएको छ।
२२ भाद्र २०८१, शनिबार १०:२० प्रकाशित