गैडाकाे आक्रमणबाट बर्दियामा टुरिष्ट गाईडकाे मृत्यु
  • काँचुली खबर

२१ भदौ, काठमाडौं । बर्दियाको मधुवन नगरपालिका-६ मा गैंडाको आक्रमणबाट एकजना गाइडको मृत्यु भएको छ । एक अमेरिकी नागरिकसहित दुई जना घाइते भएका छन् ।

नेपाली सेनाका अनुसार, बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती इलाकामा पर्ने डल्ला सामुदायिक वनमा गैंडाको आक्रमणबाट शुक्रबार वरिष्ठ पथ प्रदर्शक ३६ वर्षीय मनमोहन चौधरीको मृत्यु भएको हो ।
बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार, निकुञ्ज र डिभिजन वनको सीमामा पर्ने क्षेत्रमा ‘जंगल वाक’मा गएका बेला शुक्रबार बिहान ८ देखि ९ बजेको बीचमा घटना भएको हो ।
घाइतेमध्ये विदेशी नागरिकको भुरीगाउँ नगर अस्पतालमा उपचार भइरहेको छ भने अर्का घाइतेको अवस्था सामान्य रहेको सेनाले जनाएको छ । अर्का घाइते वन हेरालु हुन् ।
  • २१ भाद्र २०८१, शुक्रबार १२:३९ प्रकाशित
  • Nabintech