बाँकेमा हुम्ली एकता समाज गठन हुँदै
  • काँचुली खबर

२० भदौ, कोहलपुर । बाँकेको कोहलपुरमा हुम्ली एकता समाज गठन हुने भएको छ । “सामूहिक जमघट हाम्रो आवश्यकता, बाँकेमा हुम्लीको एकता र दिगो विकासको सुनिश्चितता” भन्ने मुल नाराका साथ बाँकेमा हुम्ली एकता समाज गठन हुने भएको हो ।

हुम्ला जिल्लाबाट बाँके जिल्लाका बसाईसराई तथा बसोबास गदै आएका सम्पुर्ण हुम्लीहरुलाई समेटेर एकता समाज गठन गर्न लागेको बताईएको छ ।

भाद्र २२ गते शनिबार कोहलपुरमा हुने हुम्लीहरुको भेलाबाट ततस्ठ समिति गठन गर्ने तयारी गरीएको छ । बाँकेका ८ वटै स्थानीय तहमा बसोबास गदै आएका सम्पुर्ण हुम्ली दाजुभाई दिदि बहिनीहरुलाई २२ गतेको भेलामा उपस्थित हुनको लागी पत्रचार गरिएको छ ।

  • २० भाद्र २०८१, बिहीबार १२:०४ प्रकाशित
  • Nabintech