१४ बैशाख २०८१, शुक्रबार
उद्योग वाणिज्य संघद्धारा हेल्प डेक्स स्थापना
  • काँचुली खबर

सेवाग्राहीको सहजताका लागी आन्तरिक राजश्व कार्यालय नेपालगन्जमा हेल्प डेस्क स्थापना गरिएको छ ।
नेपालगन्ज उद्योग वाणिज्य सघंले आन्तरिक राजश्व कार्यलय नेपालगन्जमा हेल्प डेस्क स्थापना गरेको हो । हेल्प डेस्कको स्थापना भएपछि टाढाबाट आउने सेवाग्राहीलाई घन्टौ सम्म लाइनमा बस्नु पर्ने बाध्यता नरहेको सेवाग्राही बताउछन् । हेल्प डेस्कको स्थापना पछि आफुलाई धेरै सजिलो भएको सेवनग्राहीहरुले बताए ।
दैनिक रुपमा बाँके, बर्दिया लगाएत विभिन्न जिल्लाबाट आन्तरिक राजश्व कार्यलय नेपालगन्जमा सेवाग्राहीहरु आउने गर्दछन्, सेवाग्राहीलाई काममा सरलता होस भन्ने उद्देश्यले हेल्प डेस्कको स्थपना गरिएको हो नेपालगन्ज उद्योग वाणिज्य सघंका अध्यक्ष नन्दलाल बैष्यले जानारी दिए ।

  • ११ श्रावण २०७५, शुक्रबार १७:३९ प्रकाशित
  • Nabintech