प्रेस युनियन बाँकेकाे तीज लेखनवृतिमा सुवेदी प्रथम
  • काँचुली खबर

१६ भदाै, नेपालगञ्ज । नेपाल प्रेस युनियन बाँकेले आयोजना गरेको तीज लेखनवृति प्रतियोगितामा पत्रकार सरला सुवेदी प्रथम भएकि छन । प्रतियोगितामा सहभागि भएका सात जना महिला पत्रकारमध्ये सुवेदीको लेख प्रथम भएको हो ।

प्रतियोगितामा साबित्री बिश्वकर्मा द्धितिय र आरती कट्टेल तृतिय भएका छन । उत्कृष्ट भएसँगै उनीहरुलाई क्रमशः पाँच, तीन र दुई हजार रुपैयाँ प्रदान गरीएकाे छ । युनियन बाँकेले लेखनबृति प्रतियोगितामा सहभागिताका लागि महिला पत्रकारहरुलाई आह्वान गरेको थियो भने प्रतियोगितामा बाँकेका सात जना महिला पत्रकारले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा बिमला चौधरी, ममता थापा, शिवानी विक र शाहिदा बानोले समेत सहभागिता जनाएका थिए । लेखनमा उत्प्रेरित गर्नका लागि उनीहरुलाई नगद एक एक हजारका दरले पुरस्कृत गरिएको छ ।

प्रतियोगितामा सहभागि सबैलाई लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले प्रमाण पत्र तथा नगद पुरस्कार वितरण गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कुर्मीले महिलाहरुको क्षमता बृद्धिका लागि यस खाले प्रतियोगिता गरिन आवश्यक रहेको उल्लेख गरे ।

यस्ता कार्यक्रमले महिला पत्रकारहरुमा उत्प्रेरणाको भवानासमेत विकास हुने मन्त्री कुर्मीले बताए । युनियन बाँकेले शुरु गरेको यो कार्यक्रमलाई आफुले सक्दो सहयोगसमेत गर्ने उनले बताए ।

पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य माया पुनले यो कार्यक्रम राम्रो रहेको र यसलाई युनियनले निरन्तरता दिनुपर्नेमा जोड दिईन । उनले महिला पत्रकारहरुको क्षमता अभिबृद्धिका लागि अन्य कार्यक्रमहरु बनाउन युनियनलाई अनुरोध गरीन ।

महिला पत्रकारहरुको क्षमता अभिबृद्धि हुने अभिप्रायले नेपाल प्रेस युनियन बाँकेले गतवर्षदेखि महिला पत्रकार लेखनबृति प्रतियोगिता आयोजना गर्दै आएको छ । नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष एवं युनियनका नेता निरज गौतमको संयोजकत्वमा महासंघ बाँके उपाध्यक्ष करुणा शाह र क्रियाशिल महिला पत्रकार संघ बाँके अध्यक्ष साबित्री गिरी सम्मिलित पुरस्कार छनोट समितिले उत्कृष्ट लेखको छनोट गरेको थियो ।

युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालको अध्यक्षतामा उपाध्यक्ष निशा शाहले स्वागत गरेकाे कार्यक्रमको उद्देश्यका बारेमा युनियनका अर्का उपाध्यक्ष कमल खत्रीले जानकारी दिएका थिए भने पुरस्कार छनोटको आधार तथा मापदण्डका बारेमा संयोजक गौतमले प्रकाश पारेका थिए । सोही अवसरमा नेपाल प्रेस युनियन विशेष अंङ्कसमेत सार्वजनिक गरिएको थियो । सो बुलेटिनमा प्रतियोगितामा सहभागि लेखलाई प्रकाशितसमेत गरिएको छ ।

यसैगरी नेपाल प्रेस युनियनको शनिबार नेपालगञ्जमा सकिएको साधारण सभाले निर्माण गर्ने निर्णय गरिएको एनपियू कल्याण कोषका लागि मन्त्री कुर्मीले ११ हजार सहयोग गर्ने प्रतिबद्धता जनाएका छन ।

यस्तै साँसद पुनले ५ हजार १ सय, नेपालगञ्ज हेल्थ क्याम्पसकी पदमा थापाले ५ हजार १ सय, नेपाल तरुण दल जिल्ला सदस्य एवं राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठन बाँकेका अध्यक्ष वीरेन्द्र सिंह ठकुरीले १० हजार १ सय ११ र नेपाल उद्योग वाणिज्य महासंघकी महिला विकास सदस्य रचना श्रेष्ठले ५ हजार १ सय रुपैयाँ कल्याण कोषका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन ।

  • १६ भाद्र २०८१, आईतवार १९:३० प्रकाशित
  • Nabintech