पूर्व प्रधानमन्त्री प्रचण्ड नेपालगन्ज आउँदै
  • काँचुली खबर

१५ भदौ, कोहलपुर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) बाँके आउने भएका छन । पार्टीको लुम्बिनी प्रदेश स्तरीय परामर्श बैठकमा सहभागी हुन प्रचण्ड बाँके आउन लागेका हुन ।

कर्णाली प्रदेशको बैठकमा सहभागी हुन सुर्खेत पुगेका प्रचण्ड आज साँझ नेपालगन्ज आउने कार्यक्रम तय भएको नेकपा (माओवादी केन्द्र) बाँकेका संयोजक नरेन्द्र पाण्डे (जेम्स) ले जानकारी दिए । पाण्डेका अनुसार भोली र पर्सी नेपालगन्जमा हुने लुम्बिनी प्रदेश स्तरीय परामर्श बैठकमा अध्यक्ष प्रचण्ड सहभागी हुनेछन ।

त्यसअघि भोली बिहान ८ बजे नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजना गरीएको छ । त्यसलगत्तै बाँकेका अगुवा नेता कार्यकर्तालाई प्रशिक्षण दिने कार्यकम रहेको पाण्डेले जानकारी दिए ।

नेपालगन्जको न्यूरोडमा रहेको रोयल पाटी प्यालेसमा जिल्लाका अगुवा नेता कार्यकर्तालाई प्रशिक्षण दिएपछि अध्यक्ष प्रचण्ड लुम्बिनी प्रदेश स्तरीय परामर्श बैठकमा सहभागी हुने बताईएको छ ।

  • १५ भाद्र २०८१, शनिबार १७:५८ प्रकाशित
  • Nabintech