ओलम्पिकमा काँस्य पदक जित्ने पलेशाले पाउनेछिन् ६५ लाख पुरस्कार
  • काँचुली खबर

१५ भदौ, काठमाडौं । सरकारले प्रान्सको पेरिसमा जारी पारा ओलम्पिक्समा नेपाललाई ऐतिहासिक कास्य पदक जिताएकी तेक्वान्दोकी खेलाडी पलेशा गोवर्धनले सरकारबाट ६५ लाख रुपैयाँ पुरस्कार रकम पाउने भएकी छन् ।

राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ का अनुसार व्यक्तिगत प्रतिस्पर्धामा ओलम्पिक खेल/गृष्मकालीन/शीतकालीन/पारा/विशेष तथा र विश्वकप फुटबलमा कांस्य जित्ने खेलाडीले ६५ लाख रुपैयाँ पुरस्कार दिनुपर्ने हुन्छ । नियमावली अनुसार पलेशाका प्रशिक्षक कविराज नेगी लामाले ५ लाख र नेपाल तेक्वान्दो संघले ११ लाख ७० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

राखेप नियमावली २०७९ अनुसार व्यक्तिगततर्फ स्वर्ण विजेता खेलाडीले १ करोड ३० लाख र रजत जित्ने खेलाडीले ९७ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

फ्रान्सको पेरिसमा जारी पेरिस पारालिम्पिक्समा पलेशाले के ४४ क्याटेगोरी अन्तर्गत महिला ५७ केजी मुनी सर्बियाकी मारिया मिसेभलाई १५-८ ले पराजित गर्दै ओलम्पिक इतिहासमा नेपाललाई पहिलो पदक जिताएकी हुन् । ओलम्पिकमा ६ दशकदेखि सहभागिता जनाउँदै आए पनि नेपाली खेलाडीले एकपनि खेल जित्न सकेका थिएनन् ।

पलेशाले पहिलो खेलमा भेनेजुएलाकी मोरालेसलाई ३१-० को पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएकी थिइन् । तर क्वाटरफाइनलमा पलेशा विश्व नम्बर ब्राजिलियन खेलाडी सिल्भाना मायारा पर्नान्डेजसँग १०-८ ले पराजित हुन पुगेकी थिइन् ।

त्यसपछि रिपेचेजमा फ्रान्सकी सोफी काभरजानलाई २-१ ले पराजित गर्दै पलेशा कास्य पदक नजिक पुगेकी थिइन् ।

  • १५ भाद्र २०८१, शनिबार १४:३० प्रकाशित
  • Nabintech