कोहलपुर-नेपालगन्ज सडकखण्डमा ठुलो दुर्घटना, २६ जना घाईते
  • काँचुली खबर

१३ भदौ, कोहलपुर । बाँकेको कोहलपुर-नेपालगन्ज सडकखण्डमा ठुलो दुर्घटना भएको छ । बिहिबार बिहान कोहलपुर-नेपालगन्ज सडकखण्ड अन्तर्गत गनापुरमा यात्रुबहाक बस दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार दाङबाट नेपालगन्जतर्फ जाँदै गरेको भे १ ख २१२८ नम्बरको बस अनियन्त्रीत भई पल्टीएको हो । दुर्घटनामा २६ जना घाइते भएको र उनिहरुलाई उपचारकालागी नेपालगन्ज मेडिकल कलेज र भेरी अस्पतालमा पुर्याईएको छ ।

उद्दारको काम भईरहेकाले घाईतेको सँख्या बढ्न सक्ने प्रहरी स्रोतले जनाएको छ । स्थानियका अनुसार गनापुरस्थित नमस्ते रिसोर्ट अगाडिको सडक क्रस गर्न लागेको मोटरसाईकललाई बचाउने क्रममा बस दुर्घटनामा परेको थियो ।

अहिले घटनास्थलमा ठुलो मात्रामा शसस्त्र प्रहरी र नेपाल प्रहरी तैनाथ गरीएको छ भने घाईतेहरुको उद्धार भईरहेको छ ।

  • १३ भाद्र २०८१, बिहीबार १२:३० प्रकाशित
  • Nabintech