नगर प्रहरीलाई गिज्याईरहेको ‘कालो कार’
  • काँचुली खबर

१२ भदौ, कोहलपुर । कोहलपुर नगरपालीमा नयाँ नेतृत्व आएसँगै ठेला तथा फुटपाथका व्यवसायी लखेट्ने अभियान चलाईयो । माथीको निर्देशन भन्दै कोहलपुर नगर प्रहरी ठेला तथा फुटपाथ व्यवसायीमाथी जाईलागे । ठेला खोसीए, बिक्रीकालागी राखिएका सामान फालिए, कतिसम्म भने साँझ बिहानको छाक टार्नकै लागी फुटपाथमा ब्यवसाय गर्ने साना व्यापारीलाई लछारपछार गर्दै लखेट्नेसम्मको काम भयो । त्यसरी लखेटिएका ठेला तथा फुटपाथ ब्यवसायीहरु अहिले बेवारीसे भएका छन ।

व्यवसायीहरुलाई हटाएर फुटपाथ खाली गराएको नगर प्रहरीले एउटा कारलाई भने महिनौदेखी नजर अन्दाज गर्दै आएको छ । न्यरोड चोकस्थित वन कार्यालयको पुर्व तर्फको फुटपाथमा एउटा कार महिनौदेखी पार्किङ गरी राखीएको छ । बजार सौन्दर्यकरणका नाममा फुटपाथ ब्यवसायीहरुलाई हटाएको नगर प्रहरीले उक्त कार अहिलेसम्म हटाउन नसक्नु वा हटाउन नचाहनु शंकास्पद रहेको स्थानिय व्यवसायीहरु बताउँछन ।

केहि महिना अगाडि वन कार्यालयको तारजाली भित्र बसेर फलफुल ब्यवसाय गरिरहेकी एक महिलालाई नगर प्रहरीले तारन्तार ताकेता गरेर सो ठाउँबाट हट्न बाध्य बनाएको थियो । तर सडकसँगै जोडिएको फुटपाथमा महिनौ दिनदेखी मार्किङमा छाडीएको उक्त कार हटाउन भने नगर प्रहरीले कुनै चासो देखाएको छैन ।

“म बन कार्यालयको तारजालीभित्र बसेर ब्यापार गर्थें, फुटपाथ ओगटेको पनि थिएन तर हेर्नुहोस यो कारले फुटपाथ कति ओगटेको छ” ति महिलाले भनीन, “कार हटाउन नगर प्रहरी किन डराएको हो ? गरीबलाई मात्र लाठि लाग्ने तर धनि कार साहुलाई भने केहि गर्न नसक्ने, नगरपालिकाको यो कस्तो विभेद हो ?” सबैलाई कानुन बराबर लाग्नुपर्ने उनको भनाई छ ।

स्रोतका अनुसार सडक छेउमै पार्किङ गरेर छाडीएको उक्त कार रारा विजय बहुउद्धेश्यीय सहकारी संस्थाका ब्यबस्थापक दिपक राईको भएको पाईएको छ । उनले चलाउने भे १ च ४३४७ नम्बरको कार ३-४ महिनादेखि आफ्नो कार्यालय अगाडि रहेको वन कार्यालयका कर्मचारीहरु बताउँछन ।

“टायरमाथि घाँस आईसक्यो, कसको हो ? न लैजान्छन न नगर प्रहरीले नै हटाउँछ” आफ्नो कार्यालय अगाडि कार रहँदा आफुहरुलाई असहज महशुस भएको भन्दै वन कार्यालय कर्मचारीहरुले यथासिघ्र उक्त कार हटाउनुपर्ने बताए ।

  • १२ भाद्र २०८१, बुधबार १३:४१ प्रकाशित
  • Nabintech