१० भदौ, तौलिहवा । कपिलवस्तुको शिवराज नगरपालिका-१ बनकसबासास्थित भएको बस दुर्घटनाका सात जना गम्भीर घाइतेलाई थप उपचारका लागि भैरहवा पठाइएको छ ।
जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक अनीश भण्डारीका अनुसार सुर्खेतदेखि बुटवलतर्फ जाँदै गरेको लु २ ख १५९८ नम्बरको बस बनकसबासामा दुर्घटना भएको थियो ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
दुर्घटनामापरी गम्भीर घाइते भएकालाई थप उपचारका लागि भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा लगिएको छ । बसमा चालकसहित २४ जना रहेको प्रहरी निरीक्षक भण्डारीले बताए ।
घाइतेमध्ये २ जनाको चन्द्रौटास्थित आधारभूत अस्पताल र १५ जनाको चन्द्रौटास्थित सञ्जीवनी अस्पतालमा उपचार भइरहेको छ । बसचालक भने प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । मोटरसाइकललाई बचाउने क्रममा सो बस तल गएर पल्टिएको प्रहरीको भनाइ छ ।
१० भाद्र २०८१, सोमबार १८:४६ प्रकाशित