९०० पिस ट्रामाडोल सहित जमुनाहबाट नेपाली पक्राउ
  • काँचुली खबर

१० भदौ, नेपालगन्ज । बाँकेको नेपाल-भारत सिमा नाका जमुनाहबाट ठुलो मात्रामा लागु औषध सहित एक जना पक्राउ परेका छन ।

जमुनाह नजिकैबाट ९०० पिस लागु औषध (ट्रामाडोल) सहित बैजनाथका रेशम नेपाली पक्राउ परेका छन । स्थायी ठेगाना विरेन्द्रनगर नगरपालिका वडा न. ११ सुर्खेत घर भएका हाल बैजनाथ गाउँपालिका २ डिगिया बस्दै आएका ३४ वर्षिय नेपालीलाई लागु औषध सहित पक्राउ गरीएको प्रहरीले जनाएको छ ।

भारतीय बजार रुपैडिहाबाट नेपालगंज तर्फ पैदल आउँदै गरेका नेपालीलाई शंका लागी चेकजाँच गर्दा उनको साथबाट ठुलो मात्रामा ट्रामाडोल फेला परेको प्रहरीको भनाई छ । पक्राउ परेका नेपालीलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाइएको छ ।

  • १० भाद्र २०८१, सोमबार १८:०३ प्रकाशित
  • Nabintech