नेपाली तीर्थयात्री चढेको बस भारतमा दुर्घटना
  • काँचुली खबर

९ भदौ, काठमाण्डौं । नेपाली तीर्थयात्री चढेको बस भारतमा दुर्घटना भएको छ। आतबार बिहान बिहारको समस्तीपुरको एनएच (नेशनल हाइवे) २८ मा नेपाली तीर्थयात्री चढेको बस दुर्घटना हुँदा ३६ जना बढी घाइते भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

तीव्र गतिमा आएको ट्रकले ठक्कर दिएपछि बस सडकमै पल्टिएको थियो।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

बसमा ४३ जना सवार रहेकामा अधिकांश घाइते भएको भारतका सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ। दुर्घटनालगत्तै मुसरीघरारी थानाबाट पुगेको प्रहरीले घाइतेहरूलाई अस्पताल पुर्‍याएका थिए।

भारतीय सञ्चारमाध्यम जागरण अनलाइनका अनुसार घाइतेहरूमध्ये २० जनालाई सदर अस्पतालमा भर्ना गरिएको छ। उनीहरू सबैको परिचय खुलिसकेको छ।

अस्पतालमा उपचाररत घाइतेहरूमा बाराकै मुक्तिपलियाका गीता देवी, सीमाकुमारी विश्वानाथ मुखिया, शोभा कुमारी , राजेश्वरप्रसाद साह, मुस्कान साह, फेकन मुखिया, सियापति देवी, लक्ष्मी झा, रविन्द्र कुमार रामेश्वर साह, सुवोधप्रसाद झा, लक्ष्मण मुखिया, सुमन मिश्रा, काजलकुमारी, किशोरी साह, उषा देवी लगायत छन्।

तीर्थयात्रीहरू सबै बारा जिल्लाका रहेको पनि जागरणले उल्लेख गरेको छ। सडकमा पल्टिएको बसलाई क्रेन लगाएर सिधा बनाइएको थियो।

बस र ट्रक दुवैका चालकहरूलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको त्यहाँको प्रहरीले जनाएको छ।

उनीहरू बाराको बारागढी गाउँपालिका ३ स्थित मूर्ति टोलबाट जल चढाउन झारखण्डको देवघर जाँदै थिए।

बारागढी गाउँपालिका अध्यक्ष अशोककुमार जयसवालले नेपाली तीर्थयात्री दुर्घटनामा परेको खबर आएको बताए।

मूर्ति टोलका ४३ जना शनिबार तीर्थयात्रामा निस्किएको उनले बताए।

ना ७ ख ६४४६ नम्बरको उक्त बसलाई पछाडिबाट तीब्र गतिमा आइरहेको ट्रकले ठक्कर दिएको थियो।

  • ९ भाद्र २०८१, आईतवार १३:५३ प्रकाशित
  • Nabintech