कविता : ‘हराएकी विष्णु माझी’
  • काँचुली खबर

घनघोर जंगलमा राज गरेकी कोइली जस्तै
पूर्णिमाको रातमा धपम्क बलेकी जुन जस्तै
वर्षातमा पानी परेसँगै देखिएकी इन्द्रेणी जस्तै
निरन्तर शान्त भै बगेकी विशाल नदि जस्तै

बादल भित्रबाटै गडगडाइरहने सगर जस्तै
वषौंदेखी गुफाबाटै गुनगुनाहट भैरहेछ
संगितकी संगिन स्वरकी धनी
‘विष्णु माझी’

नदेखिएको वर्षौ भयो,
‘चरी जेलैमा हो’ गीत जस्तै
तिमि कुन जेलमा छौं
‘सालको पात टपरि’ जस्तै
तिमी कुन बन्धनमा बाँधिएकी छौं
‘लालुमै’ गीत जस्तै
कुन अग्निमा लतारिएकी छौं

विष्णु माझी ज्यू
मन पर्ने रङ कुन होला,
शाहाकारी हौं कि मांसहारी,
मन पर्ने खेल कुन होला
घरकी माइली हौं कि साइली
मन पर्ने हिरो कुन होला
बहुदलकी हौं कि गणतन्त्रकि

तिमिलाई देख्न सकिएन
बरु गणतन्त्र देखियो
राष्ट्रपतिमा महिला,
सभामुख, प्रधानन्यायाधीश
मुख्यमन्त्रीदेखी मुख्यसचिवसम्म
सडक देखि सदनसम्म महिला देखियो

बालेनले टुकुचामा डोजर चलाएको
हर्केले धराने फेसबुक चलाएको
टिकटक बन्द भएर खुलेको
किसानले पालेको भैँसीले
जंगलको राजा बाघ मारेको
निर्मलाले न्याय नपाएको
अपराधीले आममाफी पाएको
सब देखियो तर देखिएन तिमिलाई

विष्णु माझी ज्यू
तिमिले गाएको ‘पागल मन’ गीत जस्तै
तिमिलाई देख्न पागल भएकाछ्न मनहरु
‘के छ तिम्रो हाल खबर’ गीत जस्तै
बेखर भएछ तिम्रो भौतिक शरीर
‘रुँदा रुँदै गयो’ गीत जस्तै
तिमी रोएको धर्तिले सुन्नै छोडेछ
तिमिले गाएको ‘पिडा धेरै छन्’ गीत जस्तै
चुपचाप बोकिरहेछौं पीडाको भारी
‘बिर्से बुबाआमा’ गीत जस्तै
सम्झिरहेका छ्न हजारौं बाआमाले
तिमिले गाएको ‘आइन आमा यो तीजमा’ गित जस्तै
दैलोमा बसेर कुरिरहेकी छिन् आमाले

अब बन्धनबाट मुक्त हुनुपर्छ
गाएको गीत र तिमीसँगै नाच्नु पर्छ
तिमी देखिनु पर्छ
रोधन र वेदनाको गीत पर्दैन गाउन
खुल्ला आकाशमा चरी जस्तै
कोइली जस्तै, रमाइ रमाइ
बाँकी जीवन समर्पित गरिदेउ
तिम्रा गीत सुनी तड्पिएका मनहरु प्रती

नदेखीएको विष्णु माझी अब देखिनुपर्छ
पन्छी जस्तै खुला आकाशमा
भरिदेउ संगितको खुल्ला उडान
धेरै भयो, बितिसके वर्षौ वर्ष
विष्णु माझी हराएको, नदेखिएको
कानमा गुन्जिरहेको, मनमा बसिरहेको
संगितको सम्राट बादशालाई
आतुर छ्न नयनमा कैद गर्न
हराएकी विष्णु माझीको आकृति
आतुर छन यी नयन कैद गर्न ।

– राम सर
२०८१-०५-०८

  • ९ भाद्र २०८१, आईतवार १३:२८ प्रकाशित
  • Nabintech