७ भदौ, कोहलपुर । पुर्व राज्यमन्त्री एवं संविधानसभा सदस्य स्व. दिनेशचन्द्र यादवका छोरा मृत अवस्थामा फेरा परेका छन । दुई दिनअघि आफ्नो घर श्रावस्तीको भिन्गाबाट राती ८ बजे निस्केपछि बेपत्ता धनञ्जय यादवको शव फेला परेको हो ।
यसअघि उनी बेपत्ता भएको भन्दै खोजीका लागि सूचना समेत जारी गरिएको थियो ।
भारत श्रावस्ती स्थित राप्ती नदीमा धनञ्जयको शवमा फेला परेको हो । उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल भिन्गामा राखिएको छ । धनञ्जयको मृत्यु रहस्यमय रहेको बताइन्छ ।
उनी भारत श्रावस्तीका जिल्ला पञ्चायत सदस्य समेत थिए ।
७ भाद्र २०८१, शुक्रबार १६:५६ प्रकाशित