माग सम्बोधन गर्ने प्रतिवद्धतापछि दवाव कार्यक्रम स्थगित
  • काँचुली खबर

७ भदौ, कोहलपुर । कोहलपुर नगरपालीकाको गेटमा दवावमुलक आन्दोलन गर्दै आएको समुहले तत्कालकालागी दवाव कार्यक्रम स्थगित गरेको छ । शसक्त आन्दोलनको घोषणा गरेकै दिन नगरपालीकाले आंशिक माग सम्बोधन गर्दै बाँकी माग सम्बोधन गर्ने प्रतिवद्धता जनाएपछि दवाव कार्यक्रम स्थगित गरीएको दवाव कार्यक्रमको नेतृत्व गरीरहेका सामाजीक अभियन्ता भुम भण्डारीले बताए ।

४ भदौ देखी नगरपालीकाको गेटमा बसेर शान्तिपूर्ण तरीकाले दवाव दिईरहेका आन्दोलनकारीहरुले आन्दोलनको चौथो दिन आज कर्मचारी तथा जनप्रतिनिधिलाई कार्यालय प्रवेश गर्न नदिने गरी गेटमै धर्नामा बसेका थिए । बिहान १० बजे भण्डारी सहित भरत पनेरु, चिन्तामणी उपाध्याय, सञ्जय मण्डल, अर्जुनजंग शाह लगाएतका युवाहरुले सरकारी साधनलाई गेट बाहीरनै रोकी आन्दोलन गरीरहेको अवस्थामा कोहलपुर नगरपालीका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले माग सम्बोधनको प्रतिवद्धता सहितको सम्बोधन गरेका थिए ।

ढकालले सुशासन समृद्धि, पारदर्शी र जवाफदेहिताको लागी गरीएको आन्दोलन एकदमै सकारात्मक भएको समेत बताए ।

जनसरोकारका विषयमा विभिन्न माग राख्दै भदौ ४ देखी शुरु भएको शान्तिपूर्ण दवाव कार्यक्रम तत्कालकालागी स्थगित भएको उल्लेख गर्दै सामाजिक अभियन्ता भण्डारीले नगरपालीकाले पारदर्शी र नगरका जनताप्रति जबाफदेही भएर काम गर्ने विश्वास ब्यक्त गरे ।

कोहलपुर नगरपालिका कार्यालयद्वारा हालसम्म गठन गरिएका बिज्ञ समिति र बुझाइएको प्रतिबेदन सहित आर्थिक वर्ष ०७९/०८० र आर्थिक वर्ष ०८०/०८१ को सम्पूर्ण आय ब्यय र बेरुजु विवरण सार्वजनिक हुनुपर्ने एजेण्डा सहित दवाव कार्यक्रममा उत्रिएका युवाहरुले कोहलपुर नगरपालिका कार्यालयद्वारा आर्थिक वर्ष ०७९/०८० र २०८०/०८१ मा छनौट नियुक्ति र राखिएका स्थायी, करार, अस्थायी कर्मचारी र शिक्षकको विवरण सार्वजनिक गर्नुपर्ने माग अगाडी सारेका थिए ।

यसअघिको समाचारमा प्रतिवद्धता हुनुपर्नेमा अन्यथा भएकोमा सच्याएका छौं । – सम्पादक

  • ७ भाद्र २०८१, शुक्रबार १६:३४ प्रकाशित
  • Nabintech