बस दुर्घटना अपडेट : अचेत १४ जनाको मृत्यु, १६ जना घाइते
  • काँचुली खबर

७ भदौ, काठमाण्डौं । आबुखैरेनी बस दुर्घटनामा १४ जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार अचेत अवस्थामा दुर्घटनास्थलबाट उद्धार गरिएका १४ जनाको निधन भएको हो ।

उक्त दुर्घटनमा १६ जना घाइते रहेको र उनीहरुको उपचारका लागि स्थानीय अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

आज बिहान पोखराबाट काठमाडौंका लागि छुटेको भारतीय नम्बर प्लेटको बस आँबुखैरेनीस्थित एना पहाराबाट मर्याङ्दी नदीमा खसेको थियो । नेपाल घुम्न आएका भारतीय पर्यटक बसमा सवार रहेको बताइएको छ ।

बसमा ४० जनाभन्दा बढी यात्रु सवार रहेको प्रहरी अनुमान छ । अहिले उद्दार तथा खोजतलास कार्य जारी रहेको छ।

  • ७ भाद्र २०८१, शुक्रबार १४:१८ प्रकाशित
  • Nabintech