६ भदौ, कोहलपुर । कोहलपुर नगरपालीकाको गेटमा तिन दिनदेखी ‘दवाव कार्यक्रम’ भईरहेको छ । स्थानिय युवा तथा सूचना अभियन्ता भुम भण्डारीले सुरु गरेको शान्तिपुर्ण आन्दोलन तेस्रो दिन पनि जारी छ । यसक्रममा थुप्रै युवा तथा स्थानियहरु आन्दोलनमा जोडिएका छन ।
आज बिहानैदेखी कोहलपुरमा झरी परीरहेको छ । यद्यपी निरन्तरको झरीले समेत युवाहरुको शानितपूर्ण दवाव कार्यक्रम रोक्न सकेन । झरीमा भिजेरै भएपनि आन्दोलनकारीहरुले दवाव कार्यक्रमलाई निरन्तरता दिएका छन ।
विभिन्न मागसहित कोहलपुर नगरपालिकाको मुल गेटमा शान्तिपुर्ण दवाव आन्दोलनमा बसेका भण्डारीलाई स्थानिय भरत पनेरु, चिन्तामणी उपाध्याय, सञ्जय मण्डल, अर्जुनजंग शाह लगाएत अन्य समर्थकहरुले पनि साथ दिईरहेका छन ।
नगरपालिकासँग जनसरोकारका विषयमा विभिन्न माग राख्दै आएको र माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने भण्डारीले बताए । नगरपालिकामा हुने सबै कामहरु पारदर्शी, जवाफदेही र सेवाग्राहीमैत्री हुनुपर्ने उनको माग रहदै आएको छ।
लिखित रुपमा सूचना माग गरेको लामो समयसम्म पनि सूचना नपाएको भन्दै मागहरु सम्बोधन गर्ने तर्फ स्थानीय सरकार नदेखिएको भण्डारीको आरोप छ ।
भण्डारीले कोहलपुर नगरपालिका कार्यालयद्वारा हालसम्म गठन गरिएका बिज्ञ समिति र बुझाइएको प्रतिबेदन, नगरपालिका कार्यालयको आ.व. ०७९/०८० र आ.व. ०८०/०८१ का सम्पूर्ण आय ब्यय र बेरुजु विवरण, नगरपालिका कार्यालयद्वारा आ.व. ०७९/०८० र आ.व. २०८०/०८१ मा छनौट नियुक्ति र राखिएका स्थायी करार अस्थायी कर्मचारी र शिक्षकको बिवरण, कोहलपुर नगर क्षेत्र भित्र संचालित पार्क भ्युटावर, स्विमिङ्ग, स्केट लगायत अन्य सिकाई केन्द्रमा बिध्यार्थी र सिकारु भर्ना र सुरक्षा संबेदनसिलता मुताविक जोखिम बिमा आवश्यक छ-छैन ? धारणा सार्वजनिक र कोहलपुर नगरपालिका क्षेत्रमा रहेको जम्मा सार्वजनिक र सरकारी जग्गा कति छ कब्जा अतिक्रमण भोगाधिकार र बाडिएको अवस्थामाका बारेमा सूचना माग गरेका छन ।
त्यस्तै भण्डारीले कोहलपुर नगरपालिका कार्यालयद्वारा गरिएको भौगोलिक सामाजिक सास्कृतिक आर्थिक शैक्षिक रुपान्तरणको विवरण पनि सर्बजनिक गर्न माग गरेका छन ।
यसैबिच कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ढोलकराज ढकालले स्थानीय सरकारसँग राखेका सबै मागहरु सकारात्मक रहेको बताउँदै माग गरे अनुसारका सबै सूचनाहरु कार्यालयको वेभ साइटमा राख्ने ब्यवस्था गरेको बताए । उनले वार्ता र सहमतिका आधारमा माग सम्बोधन गर्नेगरी आन्दोलन स्थगित गर्न आन्दोलनरत भण्डारी समुहलाई आग्रह समेत गरेका छ्न ।
आन्दोलनको दोस्रो दिन (बुधबार) आन्दोलनस्थलमा पुगेकी उप-प्रमुख सङ्गिता सुवेदीले पनि मागहरु सम्बोधन गर्न स्थानीय सरकार सकारात्मक भएको बताएका थिईन ।
६ भाद्र २०८१, बिहीबार १३:४७ प्रकाशित