कुवा सफा गर्ने क्रममा निसासिएर दाङमा २ जनाको मृत्यु
  • काँचुली खबर

५ भदौ, तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका-१३ दमारगाउँमा कुवा सफा गर्ने क्रममा निसासिएर २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका ३८ वर्षका यम बहादुर विक र १६ वर्षका मुकेश विक रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक दाम प्रसाद श्रेष्ठले जानकारी दिए ।

सरसफाइ गर्न कुवा भित्र पसेका दुबैजना बेहोस भएपछि अम्बापुर बेस क्याम्पबाट अक्सिजन सहित गएको नेपाली सेना र नेपाल प्रहरीको टोलीले उद्धार गरेर राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पठाएको थियो । बेहोस अवस्थामा अस्पतालमा लगिएका दुबैजनालाई चिकित्सकले ११ बजे मृत घोषणा गरेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए । घटना आज बिहान ८ बजेको भएपनि प्रहरीलाई खबर ९ बजे गरिएको थियो ।

‘सुरुमा यामबहादुर कुवामा पस्नुभयो । उहाँ कुवामा पसेर नबोलेपछि फेरी मुकेश जानुभयो उहाँ पनि त्यही बेहोस हुनुभयो ।’ श्रेष्ठले भने । दुबैजना बिना डोरी १५ हात गहिरो कुवामा पसेका कारण असजिलो हुने वित्तकै निस्कन नसकेको प्रहरीले बताएको छ । दुवै जनाको शवलाई पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शव गृहमा राखिएको छ ।

  • ५ भाद्र २०८१, बुधबार १४:०७ प्रकाशित
  • Nabintech