नगरपालीकाको गेटमा ‘शान्तिपूर्ण दवाव’ कार्यक्रम (फोटोफिचर)
  • काँचुली खबर

४ भदौ, कोहलपुर । बाँकेको कोहलपुरका युवाहरुले “सकारात्मक शान्तिपूर्ण दवाव कार्यक्रम” सुरु गरेका छन । “सुशासन समृद्धिकालागि पारदर्शी जवाफदेहिता” भन्ने मुल नारा सहित मंगलबारदेखी कोहलपुर नगरपालीकाको गेटमा दवाव कार्यक्रम सुरु गरीएको हो ।

सुचना अभियान्ता भुम भण्डारीले आईतबार चरणवद्ध आन्दोलनको घोषणा गरेका थिए । जसअन्तर्गत पहिलो दिन नगरपालीकाको गेटमा शान्तिपूर्ण दवाव कार्यक्रम आयोजना गरीएको हो ।

कार्यक्रमका सहभागीहरुको बिभिन्न नारा लेखिएका प्ले-कार्ड प्रदर्शन गरेका थिए । भण्डै २ घण्टा नगरपालीकाको गेटमा बसेका आन्दोलनकारीहरुले मागको उचित सम्बोधन नभएसम्म हरेक दिन आन्दोलनको समय र गतिविधि बढाउँदै लैजाने बताएका छन ।

कोहलपुर नगरपालिका कार्यालयद्वारा हालसम्म गठन गरिएका बिज्ञ समिति र बुझाइएको प्रतिबेदन सहित आर्थिक वर्ष ०७९-०८० र आर्थिक वर्ष ०८०-०८१ को सम्पूर्ण आय ब्यय र बेरुजु विवरण सार्वजनिक हुनुपर्ने एजेण्डा सहित दवाव कार्यक्रममा उत्रिएका युवाहरुले कोहलपुर नगरपालिका कार्यालयद्वारा आर्थिक वर्ष ०७९-०८० र २०८०-०८१ मा छनौट नियुक्ति र राखिएका स्थायी, करार, अस्थायी कर्मचारी र शिक्षकको विवरण सार्वजनिक गर्नुपर्ने माग समेत अगाडी सारेका छन । त्यसैगरी कोहलपुर नगर क्षेत्रभित्र संचालित पार्क भ्युटावर, स्विमिङ्ग, स्केटिङ लगायत अन्य सिकाई केन्द्रमा विध्यार्थी तथा सिकारु भर्ना र सुरक्षा संवेदनशिलता मुताविक जोखिम बिमा आवश्यक छ-छैन ? भन्ने आधिकारीक धारणा समेत सार्वजनिक गर्न माग गरेका छन ।

कोहलपुर नगरपालिकाद्वारा गरिएको भौगोलिक, सामाजिक, साँस्कृतिक, आर्थिक, शैक्षिक रुपान्तरणको विवरण तथा कोहलपुर नगरपालिका क्षेत्रमा रहेका सार्वजनिक र सरकारी जग्गा कति छ ? कब्जा, अतिक्रमण, भोगाधिकार र बाडिएको जग्गाको अवस्था के-कस्तो छ ? त्यसको विवरण समेत सार्वजनिक हुनुपर्ने माग राखीएको छ ।

निरन्तर रुपमा हुने दवाव कार्यक्रम अन्तर्गत शान्तिपुर्ण प्ले-कार्ड प्रर्दशन देखि कार्यालय घेराउ र अर्धनग्न रुपमा प्रर्दशन गर्नेसम्मको तयारी गरीएको भण्डारीले जानकारी दिए ।

  • ४ भाद्र २०८१, मंगलवार १५:२७ प्रकाशित
  • Nabintech