सुर्खेत जाँदै गरेकाे फाेर्स गाडि पल्टियाे, १२ यात्रु घाईते
  • काँचुली खबर

३ भदाै, काेहलपुर । नेपालगन्जबाट सुर्खेत जाँदै गरेकाे फोर्स गाडी दुर्घटनामा परेकाे छ । रत्न राजमार्गको सुब्बाकुना-छिन्चु सडक खण्डमा दुर्घटना हुँदा गाडिमा सवार १२ जना यात्रु घाइते भएका छन ।

लु १ च ४०९१ नम्बर को फोर्स गाडी भेरीगंगा-१२ पाडुले दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएकाे छ । घाइतेमध्ये दुई जनालाई गहिरो चोट लागेको छ ।

घाईतेलाई उपचारकालागी नेपालगन्ज मेडिकल कलेज काेहलपुर ल्याईएकाे छ । गाडि सडक छेउमा पल्टिएकाे छ । दुर्घटनाकाे कारण भने खुल्न नसकेकाे प्रहरीले जनाएकाे छ ।

  • ३ भाद्र २०८१, सोमबार १९:३१ प्रकाशित
  • Nabintech