अभिनेत्री अरुणिमा लम्सालले गरिन् दोस्रो बिहे
  • काँचुली खबर

३ भदौ, काठमाण्डौं । अभिनेत्री अरुणिमा लम्सालले दोस्रो विवाह गरेकी छन् । उनले सोमबार बत्तीसपुतलीमा रहेको राम मन्दिरमा धरान निवासी युवराज श्रेष्ठसँग लगनगाँठो कसेकी हुन् । उनीहरुको विवाहमा दुवै पक्षका सीमित परिवारको मात्र उपस्थिति थियो ।

अरुणिमा बिहेकै लागि केही हप्ताअघि अमेरिकाबाट आमाको साथमा नेपाल आएकी थिइन् । युवराजसँग उनको मागी विवाह भएको जानकारी प्राप्त भएको छ ।

करिब एक दशकदेखि अमेरिकामा बस्दै आइरहेकी अरुणिमाको पहिलो विवाह अमित अर्यालसँग भएको थियो । उनीहरुले २०७४ सालमा १२ वर्ष लामो वैवाहिक जीवनलाई पूर्णविराम लगाएका थिए । अमेरिका जानुपूर्व नै उनीहरुले छुट्टिने मनसाय बनाइसकेका थिए । सोही योजनाअनुसार उनीहरुले नेपालमै हुँदाखेरि सम्पत्तिको भागबन्डा गरेका थिए । उनीहरुबाट एक छोरी (अक्षता) छिन् ।

कुनै समय नेपाली फिल्ममा अरुणिमाको राम्रो करिअर थियो । आफ्नो सक्रिय करिअरमा ‘धड्कन, ‘अग्नी ज्वाला’, ‘सन्तान’, ‘जीवन रेखा’, ‘भरोसा’, ‘अभिमन्यू’, ‘इन्द्रेणी’, ‘के यो माया हो’ जस्ता ५० भन्दा बढी फिल्ममा काम गरेकी उनले १० वर्षपछि अमेरिकामै वेब सिरिज ‘घर बट इन अमेरिका’बाट अभिनयमा कमब्याक गरेकी छन् ।

अरुणिमाले फिल्ममा पनि फर्किने इच्छा व्यक्त गरेकी छन् ।

  • ३ भाद्र २०८१, सोमबार १८:२० प्रकाशित
  • Nabintech