३ भदाै, नेपालगन्ज । बाँकेकाे नेपालगन्ज रंगशालामा निर्माण गरीएकाे सेन्थेटिक ट्रयाक उप्किएकाे विषयमा अध्ययनसँगै बिस्तृत छानबिनका लागि राष्ट्रिय खेलकुद परिषद्ले छानबिन समिति गठन गरेको छ । राखेपका सदस्य लेख बहादुर क्षेत्रीको संयोजकत्वमा खेल विज्ञ तथा एथलेक्टिक्स प्रशिक्षक चन्द्र बहादुर गुरुङ्ग र राखेपका इन्जिनियर पूर्ण बहादुर सुन्दास सदस्य रहेको छानबिन समिति गठन गरेको हो ।
आइतबार भएको राखेप सदस्य सचिव स्तरीय निर्णयबाट बनेको क्षेत्री संयोजकत्वको अध्ययन समितिले तीन दिनभित्र राखेपलाई प्रतिवेदन पेश गर्नुपर्नेछ ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
नेपालगन्ज रंगशालामा निर्मार्णाधिन सेन्थेटिक ट्रयाक पञ्चकन्या-सिन्टकोट्स जेभी कुपन्डोल काठमाडौंले १० करोड बढी लागतमा निर्माण गरेको हो । निर्माण हस्तान्तरण नहुँदै ट्रयाक उक्किएपछि गुणस्तरको प्रश्न उठाउँदै स्थानीय सञ्चारमाध्यमहरूले अनियमितताको आशंका सहित समाचार प्रकाशन, प्रसारणमा ल्याए लगत्तै राखेपले सदस्य सचिव स्तरीय निर्णय अनुसार अध्ययन समिति निर्माण गरेको हो ।
‘सेन्थेटिक ट्रयाकमा क्र्याक आएको देखिएकाले सो विषयको अध्ययन गरी तीन दिनभित्र परिषद् समक्ष प्रतिवेदन पेश गर्न राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा ४२ बमोजिम निर्णय गरिएको’ राखेपका प्रशासन विभाग प्रमुख प्रेम बहादुर मल्लले अध्ययन उपसमितिलाई दिएको पत्रमा उल्लेख छ ।
छानविन समितिका संयोजक क्षेत्रीले मंगलबारदेखि सेन्थेटिक ट्रयाककाे प्राविधिक अध्ययन गरीने बताए । उनले निर्धारित समयमै विस्तृत अध्ययन सहितको प्रतिवेदन राखेपमा बुझाउने बताए ।
३ भाद्र २०८१, सोमबार १०:४९ प्रकाशित