राप्तीसोनारी खुकुरी काण्ड : वडाध्यक्ष वली पक्राउ
  • काँचुली खबर

२ भदौ, कोहलपुर । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. २ का वडाध्यक्ष ज्ञानेन्द्र वली ‘ज्ञानु’ पक्राउ परेका छन् ।

बाँकेको विनौनाका युवा सन्दीप विष्ट र सुलभ मल्ललाई गएराति खुकुरी प्रहार गरेको अभियोगमा वडाध्यक्ष वली पक्राउ परेका हुन् । उनी एमालेबाट निर्वाचित जनप्रतिनिधी हुन ।

बाँके प्रहरी प्रमुख एसपी तुलबहादुर कार्की अनुसार घाइतेलाई उपचारकालागि भारतको लखनउ लगिएको छ । उनीहरूको अवस्था गम्भीर छ ।

सामान्य विवादमा वडाध्यक्ष वलीसहितका युवाहरुको समुहले शनिबार राती दुई युवालाई धारीलो हरियारले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

वडाध्यक्ष वलीलाई इलाका प्रहरी कार्यालय कोहलपुरमा राखिएको छ ।

राप्तीसाेनारीमा २ युवामाथी खुकुरी प्रहार, दुई जना पक्राउ

  • २ भाद्र २०८१, आईतवार १२:२५ प्रकाशित
  • Nabintech