१ भदौ, कोहलपुर । सहिद स्मृती केन्द्र नेपाल कोहलपुरले केन्द्रका बारेमा अनावश्यक हल्ला नफैलाउन आग्रह गरेको छ । शुक्रबार एक विज्ञप्ती जारी गर्दै केन्द्रले पछिल्लो केही दिन यता सहिद स्मृती केन्द्रको नाम जोडेर बिभिन्न अड्कलबाजी र भ्रम छर्ने प्रयास भईरहेको भन्दै भ्रमको पछि नलाग्न आग्रह गरेको हो ।
सहिद स्मृत केन्द्र, नेपालका कार्यबहाक अध्यक्ष कुवेर बहादुर रिजालले विज्ञप्ती जारी गर्दै सहिद स्मृती केन्द्र कुनै पनी दलको जनवर्गीय संगठन नभएको प्रष्ट पारेका छन । केन्द्रको भवनमा नेकपा (माओवादी केन्द्र) को कार्यालय भाडामा बसेकै कारण भ्रम परेको हुनसक्ने तर्फ गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै विज्ञप्तीमार्फत उक्त भ्रम निवारण गराइएको बताईएको छ ।
ततलीन नेकपा ( माओवादी) को नेतृत्वमा संचालीत जनयुद्धको क्रममा सहिद तथा वेपत्ता भएका योद्धाहरुको स्मृतीमा अमर सहिदहरुको अमुल्य योगदान स्थापित गराउँदै सामाजिक सेवा प्रदान गर्ने हेतुले केन्द्रको स्थापना गरीएको विज्ञप्तीमा उल्लेख गरीएको छ ।
“…. तर कुनै पार्टीको निर्देशन, आयोजना वा पहलमा नभई विशुद्ध सहिद तथा वेपत्ता परिवारहरुको सहयोग, सकृयता र पहलमा नेपाल सहकारको गृह मन्त्रालय अन्तर्गत (जि.का.द.नं. १२२४, ०६९/०७०) दर्ता रहेको स्वतन्त्र एवं स्वायत्त संस्था निर्माण भई संचालन हुँदै आएको ब्यहोरा सबैमा बिनम्र जानकारी गराउँदछौं ।” विज्ञप्तीमा भनीएको छ ।
संस्थाले संस्थागत निर्णय सहितको पत्राचार बाहेक कोही कसैसँग कुनै प्रकारको आर्थिक सहयोग वा लेनदेन समेत नभएको प्रष्ट पारेको छ ।
१ भाद्र २०८१, शनिबार २०:१७ प्रकाशित