‘द रेड सुटकेस’लाई उपमहाद्धीपकै उत्कृष्ट फिल्मको अवार्ड
  • काँचुली खबर

१ भदौ, काठमाडौं । फिडेल देवकोटा निर्देशित नेपाली फिल्म ‘द रेड सुट्केस’ले अष्ट्रेलियाको मेलबर्नमा आयोजित इण्डियन फिल्म फेस्टिभल २०२४ मा ‘बेस्ट फिल्म फ्रम द सबकन्टिनेन्ट’को अवार्ड जितेको छ ।

भेनिसमा वर्ल्ड प्रिमियर भएको यो फिल्मलाई गत वर्ष नेपालमा रिलिज हुँदा घरेलु दर्शकले निकै रुचाएका थिए । शुक्रबार सम्पन्न अवार्डमा बिपिन कार्की, सौगात मल्ल र सृष्टि श्रेष्ठ स्टारर फिल्मले उपमहाद्धिपकै उत्कृष्ट फिल्मको पुरस्कार जितेको हो ।

आइसफल फिल्म्सको ब्यानरमा रामकृष्ण पोखरेलले निर्माण गरेको यो फिल्मले वैदेशिक रोजगारीको यथार्थ पाटोलाई चित्रण गर्छ । इण्डियन फिल्म फेस्टिभल मेलबर्न २०२४ अष्ट्रेलियामा हुने भारतीय डायस्पोराको सबैभन्दा प्रतिष्ठित अवार्ड हो ।

यो अवार्डमा ‘ट्वेल्थ फेल’ सर्वोत्कृष्ट फिल्म घोषित भयो । कार्तिक आर्यनले ‘चन्दु च्याम्पियन’बाट सर्वोत्कृष्ट अभिनेताको अवार्ड जित्दा पार्वती तिरुवुतुले फिल्म ‘उल्लोजुक्कु’बाट बेस्ट एक्ट्रेसको अवार्ड जितिन् ।

‘लापता लेडिज’ले क्रिटिक्स च्वाइस फिल्मको अवार्ड जित्यो । अवार्ड समारोहको सिलसिलामा यसपटक भारतीय फिल्म निर्माता करण जोहर र अभिनेत्री रानी मुखर्जीले यसैसाता अष्ट्रेलियाली संसदलाई समेत सम्बोधन गरेका थिए ।

  • १ भाद्र २०८१, शनिबार १८:०७ प्रकाशित
  • Nabintech