थाकस बाँकेको अध्यक्षमा संगीता चौधरी चयन
  • काँचुली खबर

१ भदौ, नेपालगन्ज । थारु कल्याणकारिणी सभा (थाकस) बाँकेको अध्यक्षमा संगीता चौधरी सर्वसम्मत चयन भएकी छन् । नेपालगञ्जमा शनिबार सम्पन्न ११औ अधिवेशनबाट संगिताको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

१७ सदस्यीय सर्वसम्मत कार्यसमितिको उपाध्यक्षमा बनिलाल थारु, परिना थारु र उषा चौधरी चयन भएकी छन् । यस्तै सचिवमा विष्णु कुमारी चौधरी, सहसचिवमा परशुनारायण थारु, कोषाध्यक्षमा मनोज कुमार थारु सर्वसम्मत चयन भएकी छन् ।

यसैगरी सदस्यहरुमा कालू राम थारू, भिख्खु थारु, भगौती प्रसाद थारु, जंगली थारू, लक्ष्मी थारु, दिपक थारू, निर्मला चौधरी, तिर्थ बहादुर चौधरी, संजय कुमार थारु, प्रदेशराम थारु चयन भएका छन् ।

अधिवेशनबाट ८ जना पार्षद चयन गरिएको छ । चयन गरिएको पार्षदहरुमा नेम नारायण सिंह थारू, जनक बहादुर थारू, सन्तोष चौधरी, जागेश्वर थारु, चन्तराम थारु, विनोद थारु, जीत बहादुर थारु, चन्द्र बहादुर चौधरी रहेका छन् ।

सभापति विनोद थारुको अध्यक्षतामा भएको ११औं अधिवेशनमा प्रमुख अतिथि लुम्बिनी प्रदेश सांसद भुवनेश्वर थारु रहेका थिए । अधिवेशनको उदघाटन शत्रमा थाकस बाँकेलाई विभिन्न समय योगदान पुर्याएका दर्जन बढि व्यक्तिलाई कदर र दोसल्लासहित सम्मान गरिएको थियो ।

  • १ भाद्र २०८१, शनिबार १४:३५ प्रकाशित
  • Nabintech