नगरपालीका परीसरमा अर्धनग्न प्रदर्शन गर्ने भण्डारीको चेतावनी
  • काँचुली खबर

३२ साउन, कोहलपुर । सामाजिक अभियन्ता तथा युवा नेता भुम बहादुर भण्डारीले कोहलपुर नगरपालिकालाई तिन दिने अल्टीमेटम दिएका छन । तिन दिनभित्र आफुले उठाएका एजेण्डाको सम्बोधन नभए नगरपालीका परीसरमा अर्धनग्न प्रदर्शन गर्ने भण्डारीले चेतावनी समेत दिएका छन ।

सामाजिक संजाल फेसबुकमार्फत भण्डारीले आन्दोलनको चेतावनी दिएका हुन । कोहलपुर नगरपालिका कार्यालयलाई साउन २७ गते बुदागत रुपमा ध्यानाकर्षण पत्र बुझाएपनि उक्त विषयमा कुनै प्रतिक्रिया नआएको भन्दै भण्डारीले ३ दिने अल्टिमेटम दिएका हुन ।

“सार्वजनिक सरोकारका मुद्दा विषयक ध्यानाकर्षण पत्र दर्ता हुँदा पनि उक्त समयावधि भित्र पालिका कार्यालयबाट कुनै चासो प्रतिक्रिया नदेखाएकोले आजकै मिति देखि लागू हुने गरि ३ दिने यो अल्टिमेटम शुरु भएको जानकारी गराईन्छ” उनले अगाडी लेखेका छन, “तत्पश्चात नागरिकको जिम्मेवारी, जवाफदेहीतालाई कायम गर्दै क्रमशः विभिन्न चरणबद्द आन्दोलन गरिने ब्यहोरा सहर्ष जानकारी गराईन्छ ।”

भण्डारीले कोहलपुर नगरपालिका कार्यालयका विभिन्न विषयगत बिज्ञ समितिको विवरण सार्वजनिक गर्नुपर्ने, कोहलपुर नगरभित्रका विद्यालय र शिक्षालयको पाठ्यक्रमको अवस्था, नगरपालिकाको हालसम्मको आय र बेरुजु खर्च विवरण, कोहलपुर नगरपालिका कार्यालयद्वारा आ.व. ०७९/०८० र ०८०/०८१ मा राखिएका अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरुको विवरण र कोहलपुर नगरपालिकाको भौगोलिक आर्थिक सामाजिक साँस्कृतिक शैक्षिक अनि रुपान्तरणको विवरण तत्काल सार्वजनिक गर्नुपर्ने माग राखेका छन ।

  • ३२ श्रावण २०८१, शुक्रबार १८:५३ प्रकाशित
  • Nabintech