खजुरामा निर्माण गरीने गौरबका आयोजनास्थलको अवलोकन
  • काँचुली खबर

३२ साउन, कोहलपुर । खजुरा गाउँपालिकाद्धारा २०८१/०८२ मा संचालन हुने गौरबका योजनाहरुको सर्वे हुने ठाउँको अनुगमन गरीएको छ । खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विक (तुफान), उपाध्यक्ष मन्जु मल्ल र प्रमुख प्रशासकीय अधिकृत बस बहादुर रानाले आयोजनास्थलको अनुगमन गरेका हुन ।

गाउँपालिकाले आर्थिक वर्षमा २०८१/०८२ मा सबै वडामा कम्तीमा एक करोड रुपैया बजेटको एउटा गौरवको योजना सञ्चालन गर्ने प्रक्रिया अघि बढाएको छ ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

एक वडा एक गौरबको योजना अनुसार खजुरा गाउँपालिका वडा नम्बर १ मा वडा कार्यालय निर्माण, वडा नम्बर २ र ५ मा बहुउद्देशीय सभा हल तथा वडा नम्बर ३, ४, ६, ७ र ८ मा सडक निर्माण गरिने खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय प्रमुख बस बहादुर रानाले जानकारी दिए ।

विकास निर्माण योजना प्रभाबकारी बन्न नसक्नुको प्रमुख कारण मानिएको टुक्रे योजनालाई हटाउदै चालु आर्थिक वर्षमा ‘एक वडा एक गौरबका योजना’ सञ्चालन गर्ने गरी वडास्तरमा योजना तर्जुमा गरिएको गाउँपालिकाका उपाध्यक्ष मन्जु मल्लले जानकारी दिईन ।

टुक्रे भन्दा उपलब्धि देखिने र जनतालाई तत्काल राहत मिल्ने योजनालाई प्राथमिकता दिई टोल विकास समितिको पहलमा बस्तीस्तरमा भेला गरी योजनाको माग संकलन गरी वडा, विषयगत समिति, कार्यपालीका हुदै गाउँसभाबाट पारित गर्ने गरीएको खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विक (तुफान) ले बताए । उनले स्थानीय बासिन्दाको अपनत्व र जनसहभागीताका लागि समस्या र आवश्यकताका आधारमा योजना प्राथमिकीकरण गरी टेन्डर प्रकृयाबाट कार्यान्वयनको तहमा लैजाने बताए ।

  • ३२ श्रावण २०८१, शुक्रबार १८:२४ प्रकाशित
  • Nabintech