३२ साउन, कोहलपुर । वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । स्वतन्त्र विद्यार्थी युनियनको आयोजना, क्याम्पस प्रशासनको समन्वय तथा नेपाल रेडक्रस कोहलपुरको प्राविधिक सहयोगमा शुक्रबार रक्तदान कार्यक्रम भएको हो ।
कार्यक्रममा क्याम्पस प्रमुख दान बहादुर हमालसहितका प्रध्यापक तथा विद्यार्थीहरु सहित ५३ जनाले रक्तदान गरेका छन ।
जिल्लामा रगत अभाव भईरहेकाले रगतको अभावले बिरामीहरूले अकालमा ज्यान गुमाउन नपरोस भन्ने उद्धेश्यले रक्तदान कार्यक्रम आयोजना गरीएको स्वतन्त्र विद्यार्थी युनियन अध्यक्ष देवेन्द्र बुढाले बताए ।
नेपालगन्ज, खजुरा र कोहलपुर गरी बाँकेमा दैनिक कम्तीमा ७० देखि १ सय १० पिन्ट रगत माग हुने गरेको छ । बाँकेको रक्तसञ्चार केन्द्रमा रगत अभाव छ, तीन हजार पिन्ट बढी रगत स्टक गर्न सक्ने क्षमता विस्तार गरिए पनि त्यस अनुसार रक्तदान नहुँदा आपूर्तिमा समस्या भएको केन्द्रको भनाई छ ।
३२ श्रावण २०८१, शुक्रबार १७:५० प्रकाशित