३७ वर्षीया सिनावत्रा थाइल्यान्डको प्रधानमन्त्रीमा नियुक्त
  • काँचुली खबर

३२ साउन, कठमाण्डौं । पाएटोङ्गटार्न सिनावत्रा थाइल्यान्डको सबैभन्दा कम उमेरकी प्रधानमन्त्री बनेकी छन । थाइल्यान्डको संसद्ले ३७ वर्षीय सिनावत्रालाई प्रधानमन्त्री पदका लागि चयन गरेको बीबीसीले जनाएको छ । उनी यो पदमा पुग्ने थाइल्यान्डको दोस्रो महिला समेत बनेकी छन । यसअघि अन्ट यिङ्गलक थाइल्यान्डको प्रधानमन्त्री बन्ने पहिलो महिला हुन ।

पूर्वप्रधानमन्त्री सेटा टवीसिनलाई संवैधानिक अदालतले बर्खास्त गरेको भोलिपल्ट सिनावत्रा प्रधानमन्त्री बनेकी हुन । उनी थाइल्यान्डका पूर्व प्रधानमन्त्री तथा अर्बपति थाक्सिन सिनावत्राकी छोरी हुन ।

सिनावत्रा सन् २०२१ मा फउ थाई पार्टीमा आबद्ध हुँदै २०२३ को अक्टोबरमा पार्टीको नेतामा नियुक्त भएकी थिईन ।

सिनावत्राको नियुक्तिले थाइल्यान्डको शीर्ष नेतृत्वमा नयाँ ऊर्जा ल्याएको बीबीसीको खबरमा उल्लेख छ । सिनावत्रा परिवारका चार जना सदस्य पहिले नै थाइल्यान्डको प्रधानमन्त्री भइसकेका छन् ।

यसैबीच पाएटोङ्गटार्न सिनावत्राले पूर्वप्रधानमन्त्री टवीसिनको कामको प्रशंसा गर्दै उनको बर्खास्ती दुर्भाग्यपूर्ण भएको बताएको खबरमा उल्लेख छ ।

  • ३२ श्रावण २०८१, शुक्रबार १४:०५ प्रकाशित
  • Nabintech