३१ साउन, नेपालगन्ज । बाँकेको राप्तीसोनारीबाट नेपालमा कमै मात्रामा पाइने रातो सर्पको उद्धार गरीएको छ ।
बाँके राष्ट्रिय निकुञ्जको टोलीले राप्तीसोनारी गाउँपालिका वडा ८ पेरानीस्थित एक विद्यालयको कक्षा कोठाबाट कोरल रेड कुक्री प्रजातिको सर्पलाई उद्धार गरिएको निकुञ्जका रेन्जर यामबहादुर रावतले जानकारी दिए ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
उनका अनुसार यो प्रजातिको सर्प भारत र नेपालका केही स्थानहरूमा मात्र पाइने गरेको छ । दुर्लभ नै नभए पनि अत्यन्त कम मात्रामा पाइने यो सर्प विशेष गरेर नरम माटोभित्र लुकेर बस्ने गरेको पाइएको रावतले जानकारी दिए ।
रेन्जर रावतकाअनुसार नेपालमा चितवन राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्जमा यसअघि यो प्रजातिको सर्प पाइएको थियो । बाँकेमा पनि दुई वर्षअघि निकुञ्जकै कम्पाउन्डभित्र पाइएको थियो ।
अन्य सर्पभन्दा कमै मात्रामा पाइने यो सर्प मन्द विषालु भएको उनले जानकारी दिए । झट्ट हेर्दा यो सर्पको टाउकोबाट स्पष्ट घाँटी छुट्टिएको देखिँदैन । त्यसैगरी आजै राप्तीसोनारी ८ ओभरीबाट एउटा गोमन सर्पसमेत उद्धार गरिएको रेन्जर रावतले जानकारी दिए ।
“ओभरीका एक स्थानीयको गोठमा छिरेर एउटा बोकालाई डसेर मारेको रहेछ, स्थानीयले हामीलाई खबर गर्नुभयो, हामी तत्काल पुग्यौँ ।” रावतले भने, “दुई थोप्ले गोमन सर्प रहेछ, यो विषालु प्रजातिको सर्प हो, सर्पलाई उद्धार गरेर कार्यालयमा ल्याएका छौँ ।”
उद्धार गरेर ल्याइएका सर्पहरूलाई निकुञ्जको जङ्गल क्षेत्र भित्र लगेर व्यवस्थापन गर्दै आएको उनले जानकारी दिए ।
गोरखापत्रबाट
३१ श्रावण २०८१, बिहीबार १९:३९ प्रकाशित