डिडिसी परिसरमा झुन्डिएको अवस्थामा युवतिकाे शव भेटियाे
  • काँचुली खबर

३१ साउन, काेहलपुर । काेहलपुरमा एक युवतीकाे शव झुन्डिएको अवस्थामा फेला परेकाे छ । कोहलपुर नगरपालिका वडा नं. ९, पिपरीस्थित दुग्ध विकास संस्थान (डिडिसी) परिसरकाे रूखमा झुन्डिएको अवस्थामा युवतिकाे शव भेटिएकाे हाे ।

चौरजहारी नगरपालिका-४ पश्चिम रुकुम घर भइ हाल काेहलपुर बस्दै आएकी १५ वर्षकी निर्मला पुनकाे शव झुन्डिएको अवस्थामा फेला रहेकाे काेहलपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष ओपेन्द्रनाथ योगीले बताए । याेगीका अनुसार मृतक युवती काेहलपुर १० काे त्रिभुवन मा.वि.मा कक्षा ९ मा अध्ययनरत थिईन ।

अहिले प्रहरीकाे टाेलि घटनास्थल पुगेकाे छ भने शव निकाल्ने काम भईरहेकाे छ ।

घटनाकाे थप विवरण आउन बाँकि छ ।

  • ३१ श्रावण २०८१, बिहीबार ०९:१० प्रकाशित
  • Nabintech