बाँकेमा पहिलाे पटक ग्रेनाइट उद्योग सञ्चालन
  • काँचुली खबर

३१ साउन, नेपालगन्ज । पश्चिम नेपालको पहिलो ग्रेनाइट उद्योग बाँकेको गनापुरमा सञ्चालनमा आएको छ । जय मङ्गलम् स्टोन प्रालिले बाँकेमा सो उद्योग स्थापना गरेर पश्चिम नेपालमै पहिलो पटक ग्रेनाइट उत्पादन सुरु गरेको जनाएको छ ।

कम्पनीका प्रबन्ध निर्देशक रिसभ अग्रवालले २० करोड रुपियाँको लागतमा सञ्चालनमा आएको सो उद्योगले परीक्षण उत्पादन सुरु गरेको हो । भैरहवाबाट पश्चिमतर्फ ग्रेनाइट उद्योग नभएकाले यस उद्योगको सञ्चालनबाट बजारको माग पूरा हुने अग्रवालले बताए ।

भवन निर्माणमा ग्रेनाइट लगाउने प्रचलन बढेको र नेपालगन्ज, धनगढी, महेन्द्रनगर, सुर्खेत, दाङ, गुलरियालगायतका ठाउँमा यसको माग अत्यधिक रहेको उद्योगले जनाएको छ । यस उद्योगले साढे दुई दशकदेखि नेपालगन्जमा सिमेन्ट उत्पादन गर्दै आएको छ । सो उद्योगले यति, रङ्क स्ट्रङलगायतका विभिन्न ब्रान्डका सिमेन्ट उत्पादन गर्दै आएको छ ।

  • ३१ श्रावण २०८१, बिहीबार ०८:४८ प्रकाशित
  • Nabintech