तस्करको नयाँ आईडिया : नम्बर प्लेटमाथि नक्कली नम्बर प्लेट !
  • काँचुली खबर

२८ साउन, कोहलपुर । भारतीय बजारसँग सिमाना जोडिएको बाँकेमा पछिल्लो समय तस्करीका सामान बरामद हुने क्रम बढीरहेको छ । प्रहरीले हरेक दिनजसो ठुलो मात्रामा तस्करीका सामानहरु बरामद गरीरहेको छ । यद्यपी प्रहरीले भरीयालाई मात्र पक्राउ गरेर ठुला कारोबारीलाई भने उन्मुक्ती दिने गरेको आरोप लाग्ने गरेको छ ।

यसैबिच कोहलपुर प्रहरीले सोमबार विभिन्न सामान बरामद गरेको छ । कोहलपुर नगरपालजीका वडा नं. १० हाईस्कुल चोक नजिकै नेपालगंजबाट कोहलपुर तर्फ आउदै गरेको बलेरो जिपबाट प्रहरीले ठुलो मात्रामा अवैध सामान बरामद गरेको जनाएको छ ।

रोचक कुरा त के छ भने अबैध सामान बोकेको जिपको नम्बर प्लेट लुकाउन नक्कली नम्बर प्लेटको साहारा लिईएको प्रहरीले जनाएको छ । सुर्खेत गुर्भाकोट नगरपालीका वडा नं. १ का ३६ वर्षिय बिकास शाहीले चलाएको लु २ च ७५२० नम्बरको बलेरो पिकअप जिपको नम्बर प्लेट माथीबाट लु २ च ७५२० नम्बरको नक्कली नम्बर प्लेट टाँस गरेको पाईएको प्रहरीले बताएकोे हो ।

उक्त गाडीबाट ५० किलो चीनी, २६ किलो सनमुन चामल र ८ बोरा सुपर पावर सुर्ती गरी करिब रु.  २ लाख ४२ हजार ५०० बराबरको सामान बरामद गरिएको हो ।

गाडी चालक शाहीले चलाएको लु २ च ७५२० नम्बरको बलेरो गाडीलाई शंका लागि चेकजाँच गर्दा चालकसँग भे १ च २२१० नम्बर गाडीको बिलबुक भएकोले नम्बर प्लेटमा शंका लागि हेर्दा उक्त गाडीको अगाडी पछाडी नै भे १ च २२१० नम्बरको नम्बर प्लेट माथिबाट लु २ च ७५२० नम्बरको नम्बर प्लेट टाँस गरेको पाईएको प्रहरीले जनाएको छ।

गाडी र सामान नियन्त्रणमा लिई आवश्यक कारबाहीकालागि भन्सार कार्यालय पठाइएको छ ।

  • २८ श्रावण २०८१, सोमबार १५:२९ प्रकाशित
  • Nabintech