स्थापना दिवसको अवसरमा फोनिज बाँकेद्धारा शुभकामना आदानप्रदान
  • काँचुली खबर

२७ साउन, नेपालगन्ज । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २५ औं स्थापना दिवस नेपालगन्जमा भब्य रुपमा मनाईएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज० लुम्बिनी प्रदेश समिति र बाँके शाखाको सयुक्त आयोजनामा नेपालगन्जमा २५ औं स्थापना दिवस मनाईएको हो ।

“फोनिजको अभियान, संचारमा पहिचान” भन्ने मुल नाराका शुभकामना आदनप्रदान कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी शुक्रऋषी चौलागाईले संचार क्षेत्रमा आदिवासी जनजातिहरुको भुमिका अतुलनिय रहेको भन्दै आफ्नो पहिचानलाई जिवन्त राख्न आस्थागत पत्रकारहरुको भुमिका अपरिहार्य रहेको बताए । आफ्नो पहिचानलाई जोगाउन आफ्नै समुदायको योगदान रहने भएको हुनाले पहिचानलाई बचाउन र टिकाई राख्न सम्पुर्ण आस्थागत संगठनसंग समन्वयको खाँचा रहेको उपाध्यक्ष चौलागाईको भनाई थियो ।

फोनिजले आफ्नो सदस्यहरुलाई थप उत्प्रेरणा दिन वा टिकाई राख्न विभिन्न खाले कार्यक्रमको आयोजना गरिनुपर्ने उनको धारणा थियो ।

यस्तै फोनिज लुम्बिनी प्रदेश समितिका अध्यक्ष गजेन्द्र गुरुङले आदिवासी जनजातिहरुको सांस्कृतिक पक्ष बलियो रहेको बताए । आदिवासी जनजातिहरुको पहिचान, रहनसहन संस्कृति अन्य समुदाय भन्दा फरक रहेको भन्दै यसलाई जोगाई राख्न विभिन्न ८ वटा समुदायका संचारकर्मीहरुलाई एकतावद्ध गराउने उद्धेश्यले फोनिज महासंघ जन्मीएको गुरुङले बताए ।

लुम्बिनी प्रदेशमा आदिवासी जनजाति पत्रकारको संख्या अन्य समुदायको भन्दा बढि रहेको जिकिर गर्दै गुरुङले नेपाल पत्रकार महासंघमा प्रतिनिधित्व कायम गर्न पहल भईरहेको उल्लेख गरे ।

यस्तै नेपाल पत्रकार महासंघ बाँके शाखाका कार्यवाहक अध्यक्ष संगिन शर्माले पहिचान तथा आस्थागत रुपमा विभिन्न समुहमा रहेपनि संचारकर्मीहरुले आफ्नो मुख्य उद्धेश्य भुल्न नहुने बताए । उनले सबै समुदायको सामाजिक तथा साँस्कृतीक विकासमा संचारकर्मीहरुले महत्वपूर्ण भुमिका खेल्दै आएको उल्लेख गर्दै आगामी दिनमा समेत त्यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका पुर्व महासचिव भेषराज बस्नेत, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सदस्य आरिफ अन्सारी, नेपाल आदिवासी जनजाति महासंघ बाँकेका अध्यक्ष डम्मर थापा, नेपाल आदिवासी जनजाति युवा महासंघ बाँकेका अध्यक्ष जनक महराई मगर, कोषाध्यक्ष विर बहादुर राना मगर, प्रेस चौतारी नेपाल बाँकेका अध्यक्ष दुर्गा रोकाय, प्रेस युनियन बाँकेका सचिव भिष्म लोध, प्रेस सेन्टर नेपाल बाँकेका सचिव केपी घिमिरे, समाजवादी पत्रकार संगठनका अध्यक्ष लोकनाथ शर्मा, ठकुरी पत्रकार संगठन बाँकेका अध्यक्ष करुणा शाह, चलचित्र पत्रकार संघ बाँकेका अध्यक्ष रामचन्द्र पौडेल लगायतले २५ औं स्थापना दिवसको अवसरमा शुभकामना ब्यक्त गरेका थिए ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बाँकेका अध्यक्ष भगतराम थारुको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख आतिथ्यता नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाईले गरेका थिए भने फोनिज बाँकेका सदस्य ममता थापाले संचालन गरेको कार्यक्रममा फोनिज बाँकेका सहसचिव सुमन गिरी श्रेष्ठले स्वागत मन्तव्य राखेकी थिईन ।

  • २७ श्रावण २०८१, आईतवार १९:२४ प्रकाशित
  • Nabintech