मनै लोभ्याउने बाजुराको ‘बडिमालीका’
  • काँचुली खबर

२६ साउन । धार्मिक तथा पर्यटकको गन्तव्य बन्दै आएको बाजुराको बडीमालीका पर्यटकको लागि महत्तवपुर्ण मानिन्छ । समुन्द्री सतहबाट ४ हजार २ सय १९ मिटर उचाईमा रहेको बाजुराको बडीमालीका हरियाली सौन्दर्य मात्र नभई इतिहासको कालखण्डदेखि धार्मीक रुपमा विश्वास गरिदै महत्वपुर्ण मानिन्छ ।

धार्मिक रुपले निकै चर्चा र महत्व पाएको बडीमालीका सुदुर पश्चिम प्रदेशको बाजुरा जिल्लामा पर्दछ । त्यहाँबाट नजिकै देखिने सुन्दर हिमाल हिउँसँग खेल्न पाउने सौभाग्य र रमणीय प्राकृतिक दृश्यहरु बडीमालीकाको गहना हो ।

बडीमालीकाको सौन्दर्यको रुपमा बिशेष गरेर त्यहाँका विशाल फाँटहरु हुन् । बडीमालीका नेपालको प्रमुख मन्दिरहरुमध्ये एक हो । यहाँ प्रत्येक वर्ष मालीका चतुर्दशीका दिन बिशेष पूजा हुन्छ ।

  • २६ श्रावण २०८१, शनिबार १५:१६ प्रकाशित
  • Nabintech