युवा दिवसको अवसरमा नेपालगन्जमा कार्यशाला गोष्ठी सम्पन्न
  • काँचुली खबर

२६ साउन, नेपालगन्ज । बाँकेको नेपालगन्जमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । एस.ओ.एस. युवालयको आयोजना तथा लुम्बिनी प्राविधिक विश्व बिद्यालय नेपालगन्जको सहकार्यमा “यूथ लिडरशिप डेभलपमेन्ट एण्ड डिजिटल पाठवेज” सम्बन्धि कार्यशाला गोष्ठी सम्पन्न भएको हो ।

लुम्बिनी प्राविधिक विश्व बिद्यालय नेपालगन्जको प्राङ्गणमा आयोजित कार्यशाला गोष्ठीमा लुम्बिनी प्राविधिक विश्व बिद्यालयका कुल सचिव रेगबहादुर भण्डारीले “डिजिटल पाठवेज फर सस्टिनिएबल” प्रस्तुतीकरण दिएका थिए भने एस.ओ.एस. युवालय नेपालगन्जका सहायक निर्देशक लक्षमण बहादुर कार्कीले ‘यूथ लिडरशिप डेभलपमेन्ट’ विषयमा प्रस्तुतीकरण दिएका थिए ।

एस.ओ.एस. युवालय नेपालगन्जका सहायक निर्देशक मीना तुलाधरको अध्यक्षतामा सम्पन्न कार्यशाला गोष्ठीमा ओपनिङ्ग रिर्माक्समा लुम्बिनी प्राविधिक वि बिद्यालयका कुल सचिव रेगबहादुर भण्डारीले युवाहरुको परिभाषा, भूमिका र भविष्यको विषयमा आफ्नो धारणा राखेका थिए ।

यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको नारा ”यूथ डिजिटल पाठवेज फर सस्टिनिएबल डेभलपमेन्ट” रहेको छ र यसलाई राष्ट्रिय युवा परिषदले “दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि, डिजिटल प्रविधिमा युवाहरुको पहँच अभिबृद्धि” भनेर नेपालीमा नामाकरण गरिएको छ । यस वर्षको युवा दिवस ३ दिनसम्म विविध कार्यक्रम गरी मनाउने निर्णय गरिएको छ ।

कार्यक्रममा लुम्बिनी प्राविधिक बिश्व बिद्यालय नेपालगन्जको सहकार्यमा सम्पन्न भएकोले एस.ओ.एस. युवालय नेपालगन्जका सहायक निर्देशक मीना तुलाधरले लुम्बिनी प्राविधिक बिश्व बिद्यालयका कुल सचिव रेगबहादुर भण्डारीलाई सम्मान पत्र हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा लुम्बिनी प्राविधिक विश्व बिद्यालयका उपप्राध्यापक चतुर्भुज भट्ट, उपप्राध्यापक प्रतिक चन्द, सहायक प्राध्यापक ई. सजिव रेग्मी, अनुसन्धान सहायक ई. नरेन्द्रबहादुर शाही, सहायक प्राध्यापक नमन वर्मा, सिनियर काउन्सिलर लक्ष्मण खनाल लगायत एस।ओ।एस। युवालय नेपालगन्ज र लुम्बिनी प्राविधिक विश्व बिद्यालयमा अध्ययनरत छात्रछात्राहरुको उपस्थिती रहेको थियो ।

  • २६ श्रावण २०८१, शनिबार ०९:४२ प्रकाशित
  • Nabintech