२५ साउन, कोहलपुर । बाँकेको कोहलपुरमा गृहमन्त्री रमेश लेखकको पुत्ला दहन गरीएको छ । नेकपा बहुमतका कार्यकर्ताहरुले आफ्ना केन्द्रिय उपाध्यक्षलाई झुटा मुद्दा लगाई हिरासतमा राखेको भन्दै कोहलपुरको न्युरोड चोकमा गृहमन्त्री लेखकको पुत्ला दहन गरेका हुन ।
धर्मेन्द्र बास्तोलाले नेतृत्व गरेको पार्टीका बिद्यार्थी संगठन एवं पार्टिका कार्यकर्ताहरुले लेखकको पुत्ला दहन गरेका हुन । पुत्ला दहन पश्चात् बिरोध सभालाई सम्बोधन गर्दै नेकपा बहुमत बाँके जिल्ला सदस्य तिलकले न्यायप्रेमी युवाहरुलाई राज्यले धरपकड गर्ने, झुटा मुदा लगाई हिरासतमा राख्ने र चरम यातना दिने गरेको उल्लेख गर्दै साच्चिकै जनता जागेमा नेपालमा पनि संसदीय दलका नेताहरुको हालत शेख हसिनाको जस्तो हुने बताए ।
उनले शान्तिपुर्ण माग र अधिकार बुलंन्द गर्ने नेकपा बहुमतका देशैभरीका कार्यकर्ता रिहा नगरे थप शशक्त आन्दोलनको आधिबेहरी ल्याउने सरकारलाई चेतावनी समेत दिए ।
२५ श्रावण २०८१, शुक्रबार १९:५५ प्रकाशित