२५ साउन, दाङ । लुम्बिनी प्रदेश सभाका साँसदहरुले सदनमै उपस्थित नभएर पनि तलब-भत्ता बुझ्ने गरेको पाईएको छ । प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको उपस्थिजती विवरण अनुसार प्रदेशका अधिकाशं साँसदहरु सदनको बैठकमा अनुपस्थित हुने गरेको देखिएको छ ।
यसरी सदनमा सबैभन्दा कम उपस्थित हुनेमा जनमत पार्टीकी साँसद गीता गुरुङको नाम अग्रपंक्तीमा आउँछ । पार्टी अध्यक्ष चन्द्रकान्त (सीके) राउतले राम्रो ‘पफर्मेन्स’ नदिने सांसद परिवर्तन गर्ने बताउँदै आए पनि गुरुङ प्रदेशसभाका ४ अधिवेशनमा भएका ६१ बैठकमध्ये २७ वटामा मात्र उपस्थित भएकी छन् ।
रूपन्देहीबाट समानुपातिक सांसद बनेकी गुरुङले बैठकमा नगए पनि संसद्बाट पाइने सेवासुविधा भने छाडेकी छैनन् । उनी स्वास्थ्यका कारण आफू बैठकमा उपस्थित हुन नसकेको बताउँछिन् ।
प्रदेशसभामा कम उपस्थित हुने दोस्रो सांसद हुन्, कांग्रेसका देवकरणप्रसाद कलवार । पश्चिम नवलपरासी क्षेत्र नम्बर १ ९ख० बाट निर्वाचित उनी जम्मा ३१ बैठकमा मात्र सहभागी भएका छन् । तर, उनले पनि तलब भत्ता र सुविधा पूरै लिने गरेका छन् । उनी हाजिरी गरेको दिन बैठकमा पूरा नबसी हिँड्ने गरेको सांसदहरू बताउँछन् । कलवारले पनि स्वास्थ्यकै कारण आफू बैठक जान नसकेको बताए ।
प्रदेशमा बैठकमा कम उपस्थित हुने तेस्रो सांसदमा पर्छन्, कांग्रेसकै अनुराग खड्का । पूर्वगृहमन्त्री तथा कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काका छोरा अनुराग लुम्बिनीका सबैभन्दा कान्छा सांसद पनि हुन् ।
दाङ क्षेत्र नम्बर १ (क) निर्वाचित खड्का आफ्नै गृहजिल्लामा बस्ने संसद्का ३२ वटा बैठकमा मात्र सहभागी भए । आशा गरिएका युवा सांसद खड्का बैठकमा कम सहभागी भएका मात्र होइनन्, एक-दुई पटक बाहेक बोलेका समेत छैनन् ।
आफू पारिवारिक कामले विदेश गएको हुँदा बैठकमा उपस्थित हुन नसकेको उनले बताए । उनको बसाइ दाङमा भन्दा काठमाडौंमा बढी छ । बैठकमा नआए पनि उनले तलब भत्ता भने छाड्दैनन् ।
जनता समाजवादी पार्टी ९जसपा० का सांसद आदेशकुमार अग्रवाल पनि बैठकमा कम सहभागी हुनेमध्येमा पर्छन् । पार्टी विभाजनपछि अशोककुमार राई नेतृत्वको जसपामा लागेका उनी ३२ वटा बैठकमा मात्र उपस्थित भएका छन् । बाँके क्षेत्र नम्बर-२ (ख) बाट निर्वाचित उनी संसदभन्दा बाहिरी काममा बढी ध्यान दिन्छन् ।
त्यस्तै, मधुसुधन कुर्मी पनि कम बैठकमा सहभागी भएका छन् । उनी ३३ बैठकमा मात्र सहभागी भएको देखिन्छ । कांग्रेसकै बसिउद्दिन खान ३४ वटा बैठकमा उपस्थित छन् । त्यस्तै, कांग्रेस सांसद एवं शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा ९रोज राणा० पनि ३६ वटा बैठकमा मात्र उपस्थित भएका छन् ।
प्रदेश सांसद धनबहादुर केसी पनि ३७ वटा बैठकमा मात्र सहभागी भए । त्यस्तै, रूपन्देहीका कांग्रेस सांसद अब्दुल रज्जाकले ३८ वटा बैठकमा मात्र हाजिरी गरेका छन् ।
एमाले कपिलवस्तुका गिरीधारीलाल न्यौपाने ३८ वटा बैठकमा मात्र सहभागी भएका छन् । न्यौपाने पनि संसद्प्रति उत्तरदायी देखिएनन् । मसाल, माओवादी हुँदै एमाले प्रवेश गरेका न्यौपाने लाभको पद पाइरहने नेतामा पर्छन् । उनी विशेषाधिकार समितिका सभापति समेत हुन् ।
कुन सांसद कति पटक उपस्थित ?
प्रत्यक्ष ५२ र समानुपातिक ३५ गरी लुम्बिनी प्रदेशसभा ८७ सदस्यीय छ । प्रदेशसभाका सभामुख तिलाराम घर्ती मगर सबै बैठकमा उपस्थित भएका छन् ।
सांसद यामबहादुर नेपाली सार्की र स्वतन्त्र सांसद खड्ग बस्नेत पनि शतप्रतिशत बैठकमा सहभागी भएका छन् । त्यस्तै, उपसभामुख मेनुका खाँण ६० वटा बैठकमा सहभागी भएकी छिन् । बैजनाथ कलवार ३८, अब्दुल रज्जाक ३७, अम्बिका काफ्ले ५७, अर्जुनकुमार केसी ७५, आशिषकुमार चौधरी ३९, इन्द्रकुमारी गहतराज ५८, इन्द्रजीत थारु ४९, कन्हैया बानियाँ ४१, कृष्णाकुस्मा थारू ५४, खेमबहादुर सारू ५९, चन्द्रकेश गुप्ता ५०, चिन्तामणि पाण्डे ५४, चेतनारायण आचार्य ५०, जन्मजय तिमिल्सेना ५३, जमुना ढकाल ५८, जानकी न्यौपाने ५३, जानकीप्रसाद यादव ३८, जोखबहादुर महरा ५३, डिल्लीबहादुर चौधरी ४५, डिल्लीराज भुसाल ५७, तारा थापा ५६ र तुलसीप्रसाद चौधरी ६० वटा बैठकमा उपस्थित भए ।
त्यस्तै, तुलसीराम शर्मा ४९, दिनेश पन्थी ५८, दीपेन्द्रकुमार पुन मगर ४८, दिलकुमार बुढा ५६, दुर्गाप्रसाद चौधरी ५३, देवीप्रसाद चौधरी ५४, धनबहादुर मास्की ५७, धनलक्ष्मी श्रेष्ठ ५३, धनेन्द्र कार्की ४१, धर्मबहादुर चौधरी ५३, नरमाया ढकाल ४४, नवराज लामिछाने ५८, निमा गिरी ५१, निर्मला देवी थारु ५४, प्रचण्डविक्रम न्यौपाने ५०, वसन्ती न्यौपाने ५३, बादशाह कुर्मी ४९, भगवती अधिकारी ६०, भगवतीकुमारी थरुनी ५०, भण्डारीलाल अहिर ५५, भुवनेश्वर चौधरी ५९, भूमिश्वर ढकाल ४१, भोजप्रसाद श्रेष्ठ ५७, माया पुन ४७, मालती सोडारी ५३, मीनाकुमारी बोहोरा ५१, मीनाकुमार श्रेष्ठ ५४ वटा बैठकमा सहभागी भएका छन् ।
त्यस्तै, मीनाकुमारी बुढामगर ५९, यमुना रोका ५३, रत्न खत्री ५६, राजकुमार चौधरी ५०, राजु खनाल ५०, राजुप्रसाद श्रेष्ठ ५७, रामजीप्रसाद घिमिरे ५१, रेखाकुमारी शर्मा ५०, लीला गिरी ४१, लोकीकुमारी विक ५७, वीरबहादुर राना ४८, विश्वप्रेम पाठक ५७, विष्णु पन्थी ४७, शान्ति लोध ६०, सुशीला बादी ५६, सञ्जुकुमारी चौधरी ४८, सन्तोष पाण्डेय ४५, सरिता पुन ४५, सायरा बानो ४०, सीता शर्मा ६०, सुधाकरण पाण्डे ४३, सुमन शर्मा रायमाझी ४१, सुरुल पुन ५३ र हेमा बेल्वासे ५६ वटा बैठकमा सहभागी भएका छन् ।
नियमित दशवटा बैठकमा उपस्थित नहुने सांसदको पद जान सक्ने प्रदेशसभाको नियमावलीमा छ । प्रदेशसभा सचिवालयका सचिव दुलर्भकुमार पुन मगरले सांसदहरू नियमितजसो बैठकमा उपस्थित नभएको पाइए सम्बन्धित दलका प्रमुख सचेतहरूलाई जानकारी गराइँदै आएको बताए ।
लोकान्तरबाट
२५ श्रावण २०८१, शुक्रबार १८:०६ प्रकाशित