सुर्खेतमा स्कुल बस दुर्घटना, ११ जना विद्यार्थी घाइते
  • काँचुली खबर

२३ साउन, सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरमा स्कुल बस दुर्घटनामा परेको छ । डिभी निकेतन स्कुलको विद्यार्थी बोकेको बस दुर्घटनामा परेको हो।

वीरेन्द्रनगर नगरपालिका-८, इत्राम खोलामा बस चिप्लिएर पल्टिएको प्रहरीले जनाएको छ । बस स्कुल बिदा भए घर फर्किँदै थियो ।

दुर्घटनामा परेको स्कुल बसमा सवार ११ जना विद्यार्थी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता वीरेन्द्रवीर विश्वकर्माले घाइते एक जनाको अवस्था गम्भीर रहेको बताए ।

बुधबार डिभी निकेतन स्कुलको विद्यार्थी बोकेको बस वीरेन्द्रनगर नगरपालिका-८, इत्राम खोलामा चिप्लिएर दुर्घटनामा परेको थियो । प्रहरीका अनुसार बसमा ३२ जना विद्यार्थी सवार थिए ।

घाइतेलाई उद्धार गरेर स्थानीय देउती अस्पतालमा पठाइएको प्रवक्ता विश्वकर्माले बताए ।

  • २३ श्रावण २०८१, बुधबार १८:१३ प्रकाशित
  • Nabintech