इन्जिनियरहरूको चुनाव : लुम्बिनीमा एक्लै भिड्दै निओनको टिम
  • काँचुली खबर

२३ साउन, कोहलपुर । नेपाल इन्जिनियर्स एसोसिएसन (नेइए) को चुनावी चहलपहल बढ्दै गएको छ । आगामी भाद्र २८ गते हुने ३४औं केन्द्रीय कार्यकारिणी समिति तथा तेस्रो प्रदेश कार्यकारिणी समितिको निर्वाचनकालागी आज देशभरका उम्मेदवारहरुको प्रथम नामावली प्रकाशन गरीएको छ ।

उक्त नामावली उपर साउन २४ र २५ गतेसम्म दावी बिरोध गर्ने समय तोकिएको छ भने साउन ३२ गते उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन समितिले जनाएको छ ।

यसैबिच एकल प्यानल बनाएर चुनावमा होमिएको नेकपा (माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय ईन्जिनियर संगठन (निओन) ले लुम्बिनी प्रदेश कार्यकारीणी समितिकालागी आफ्ना उम्मेदवारहरुको नामावाली सार्वजनिक गरेको छ ।

नेपाल राष्ट्रिय ईन्जिनियर संगठन (निओन) लुम्बिनी प्रदेश अध्यक्ष ई. तेजराज खड्काका अनुसार संगठनको तर्फबाट प्रदेश कार्यकारिणी समिति सभापतीमा ई. धर्मराज अर्याल, उप-सभापतीमा ई. रमेश शर्मा, सचिवमा ई. रमेश घिमिरे, सह-सचिवमा ई. हरी बहादुर कुवर र कोषाध्यक्षमा ई. विशाल श्रेष्ठको उम्मेदवारी टुङ्गीएको छ ।

त्यसैगरी सदस्यहरुमा ई. मुक्तीराम कुवर, ई. धर्मराज पन्थी, ई. गजेन्द्र बहादुर शाही, ई. महेश कुमार शाही, ई. देबेन्द्र शाही र ई. तिलक राज अधिकारीलाई उम्मेदवारका रुपमा अघि सारीएको छ ।

ई. अरुण खनाललाई भने नेइए केन्द्रीय कार्यकारिणी समितिको केन्द्रिय सदस्यको उम्मेदवारका रुपमा सिफारीस गरीएको खड्काले जानकारी दिए । खड्काले आफ्नो संगठनले अगाडी सारेका उम्मेदवारहरुलाई निर्वाचित गराउन मतदातालाई आग्रह समेत गरेका छन ।

भाद्र २८ गते बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म हुने मतदानका लागि काठमाण्डौं सहित १४ मतदान केन्द्र तोकिएका छन् । काठमाण्डौं, बिर्तामोड, बिराटनगर, ईटहरी, जनकपुर, बिरगञ्ज, हेटौंडा, भरतपुर, पोखरा, बुटवल, दाङ, नेपालगन्ज, सुर्खेत र धनगढीमा मतदान केन्द्र तोकिएको केन्द्रिय निर्वाचन समितिद्धारा जारी निर्वाचन तालिकामा उल्लेख गरीएको छ ।

  • २३ श्रावण २०८१, बुधबार १७:२४ प्रकाशित
  • Nabintech